चलचित्र ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ बन्दै

news-details

चलचित्र ‘कबड्डी’ को तेस्रो सिक्वेल बन्ने औपचारिक घोषणा गरिएको छ । सफल नेपाली फिल्म ‘कबड्डी’ को तेस्रो शृङ्खला ‘कबड्डी कबड्डी कबड्डी’को नाममा निर्माण हुने भएको हो ।

फिल्म रामबाबु गुरुङको निर्देशनमा बन्नेछ भने फिल्मलाई सिनेमा आर्ट्ले प्रस्तुत गर्ने भएको छ । ओम चन्द रौनियार, अर्जुन कार्की र मनी राम पोख्रेलको टोलीले यो फिल्मलाई निर्माण गर्ने भएको छ । फिल्ममा विवाह र अन्तरजातीय प्रेम सम्वन्धको कथा रहेको बताइएको छ ।

तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई,कर्मा, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, विल्सन बिक्रम राई, बुद्धी तामाङ लगायत कलाकारहरुको मुख्य भूमिका रहने निर्माता टोलीले बताएको छ ।

फिल्म ५ जेठबाट छायाँकनका लागि फ्लोरमा निश्किने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *