‘प्रेम गीत ३’ अभिनेत्रीका लागि अडिसन आह्वान, कस्ले मार्ला त बाजि ?

news-details

आसुसेन फिल्मको ब्यानरमा निर्माण हुने फिल्म ‘प्रेम गीत ३’को मुख्य अभिनेत्रीको लागी अडिसन आह्वान गरिएको छ ।

फिल्मका निर्माता सन्तोष सेनले राम्रो अभिनेत्री फिल्म उद्योगमा प्रबेश गराउने सोंचका साथ अडिसन आह्वान गरिएको जानकारी दिए । उनले संसारभरबाट अडिसनका लागि सहभागी हुन सक्ने बताए ।

निर्माता सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहने फिल्मको मुख्य अभिनेत्री बन्न चाहनेहरुले आसुसेन फिल्मको अफिसियल साईट www.aasusenfilms.com मा गएर फर्म भर्न सक्नेछन् अथवा आसुसेन फिल्मको ईमेल [email protected] मा सम्पर्क गर्न सक्नेछन् ।

अभिनेत्री बन्न चाहाने ईच्छुकका लागि केही शर्तहरु पनि लागू गरिएको छ । जसअन्तर्गत ईच्छुकले अनुहार स्पष्ट देखिने हालसालै खिचेका ४ वटा तस्वीर र आफ्नो बायोडाटा पठाउनुपर्नेछ । साथै, उचाई ५ फिट २ देखी ५ फिट ७ ईन्चसम्म हुनुपर्नेछ ।

आवेदन आएकाहरुमध्येबाट २० जनालाई फाइनल अडिसनका लागी छानिनेछन् । उनिहरुमध्ये एक जना मुख्य अभिनेत्रीमा छनोट गरिनेछ । ईच्छुकले आगामी जेठ १० गतेसम्म सम्पर्क गरिसक्नुपर्ने निर्माता सेनले बताएका छन् ।

निर्माण टिमले यसअघि थिम पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिसकेको छ । फिल्म वर्षको अन्तिम अर्थात चैत २८ गतेबाट प्रदर्शनमा आउनेछ । ‘प्रेम गीत ३’ आसुसेन फिल्मको पाँचौं प्रोजेक्ट हो ।

निर्माण टिम झण्डै एक वर्षदेखी स्क्रिप्टको काम गरिरहेको टिमले अहिले त्यसलाई फाइनल गर्ने तयारीमा छ । अभिनेत्री र मुख्य कलाकार छनोटको काम सकिएपछि विशेष कार्यक्रमकाबिच फिल्मको आधिकारिक घोषणा गर्ने आसुसेन फिल्म प्रोडक्सन कम्पनीले जनाएको छ ।

फिल्ममा अभिनेता प्रदीप खड्का भुमिकामा रहने चर्चा रहेपनि निर्माण टिम यसबारे आधिकारीक बोलेको छैन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *