संगीतकार मदन दीपविमको निधन

news-details

पुराना संगीतकार मदन दीपविमको निधन भएको छ । इलमानमा जन्मिएका दीपविम पछिल्लो समय अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए । उनको हृदयाघातको कारण निधन भएको परिवारले जनाएको छ ।

उनी छोरी ममता दीपविमसँग अमेरिकामा बस्थे । ‘सुरिलो रुख सल्लै हो’, ‘तिम्रै यादमा कल्पी कल्पी’, ‘झस्केर दुख्छ’ ‘के भूल भयो प्रीया’ जस्ता चर्चित तथा कलाजयी गीतहरुमा उनले संगीत भरेका छन् ।

केही समय रेडियो नेपालमा जागिर समेत गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *