खाडी मुलुक कतारमा ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ जुन ४ मा हुदै

news-details

खाडी मुलुक कतारमा चर्चित नेपाली कलाकारहरुको प्रस्तुतीसहित ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ हुने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को सहयोगार्थ आयोजना गरिएको कार्यक्रम यही जुन ४ मा कतारको सनैयास्थित ग्राण्ड मलको एसियन टाउन, एम्पिथियटरको हलमा हुने आयोजकले जानकारी दिएको छ ।

ईस्लाम धर्मावलम्बीहरुको महान चाड (रमादान इद–अल फितरको) अवसरमा आयोजना हुने कार्यक्रममा नेपाल आइडल सिजन २ का टप फोर प्रतिष्पर्धी रबि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी तथा बुगीवुगी सिजन १ का टप ४ प्रतिष्पर्धी कविता नेपाली, प्रतिभा पुन, सरोज मोक्तान र रबिन भुजेल सहभागी हुनेछन ।

यस्तै कार्यक्रममा चर्चित गायक कुलेन्द्र बिक, गायिका अमृता लिम्बु, गायिका छिम्मि मेम्बा, नायिका एलिना रायमाझी, हाँस्यकलाकार रमेश दुलाल कागेको सहभागिता रहने भएको छ भने कार्यक्रमलाई सन्ध्या बूढा (काउली बुढी) र बिबेक खतिवडाले होस्ट गर्नेछन ।

कतारमा यसअघि नेपाल आइडल सिजन १ र भ्वाइस अफ नेपाल सिजन १ को भब्य ग्राण्ड फिनाले गर्न सफल भैसकेका गैरआवासीय नेपाली संघ मध्यपूर्व उपसंयोजक तथा सफल व्यावसायी प्रबिन गुरुङले आयोजना गरेको कार्यक्रमलाई एनआरएनए आइसिसी सदस्य मनोज गोर्खालीले संयोजन गरेका छन ।

पवित्र सामाजिक कार्यको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको बताउँदै आयोजक प्रविण गुरुङले कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागिता जनाउन आव्हानसमेत गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *