रेमिट्यान्सले देश धानिएको यर्थाथ पोख्दै श्रेष्ठले ल्याए यस्तो गित (भिडियोसहित)

news-details

वैदेशिक रोजगार हरेक जसो नेपालीको परिवारसँग जोडिएको विषय हो भने रेमिट्यान्स देशकै अर्थतन्त्रको मेरुदण्ड । यहि यर्थाथलाई उजागर गर्दै गायक अपन श्रेष्ठले आफ्नो नयाँ गित ‘रेमिट्यान्सले चल्दैछ हाम्रो जिन्दगानी…’ भिडियोसहित सार्वजनिक गरेका छन् ।

पेशाले इञ्जीनियर रहेका संखुुवासभा खाँदबारीका गायक श्रेष्ठले यस अघि पनि नेपाली समाजका यर्थाथ बोकेका चर्चित गितहरु दर्शक तथा श्रोतामाझ पस्किइसकेका छन् । संखुवासभाकै अर्का चर्चित गायक स्व. खेमराज गुरुङलाई आफ्नो सांगितीक गुरु र प्रेरणाको श्रोत मान्ने गायक श्रेष्ठले गुरुङसँग निकट रहेर पनि नेपाली गितसंगितको श्रेत्रमा धेरै काम गरिसकेका छन् ।

श्रेष्ठको स्वर रहेको ‘रेमिट्यान्सले चल्दैछ हाम्रो जिन्दगानी…’मा विकास चौधरीको संगित सुन्न सकिन्छ भने यसको शब्द लेखन सञ्जय बरालले गरेका हुन । होटल व्यवसायीसमेत रहेका सञ्जिव श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अनु शाह र नरेन खडकाको फिचरिङ देख्न सकिन्छ ।

ओएसआर डिजिटलको आधिकारिक युटुव च्यानलबाट गितको भिडियो सार्वजनिक गरिएको छ ।

हेर्नुहोस भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *