साँगितिक क्षेत्रका रायमाझी परिवारले खोल्यो दरवारमार्गमा ‘क्विन रोधी क्लब’

news-details

काठमाडौंको मुटु मानिने दरबारमार्गमा लोकदोहोरी पारखीका लागि नयाँ ‘क्विन रोधी क्लब’ खुलेको छ । दरवारमार्गमा रहेको आइक्लव रहेको घरको दोश्रो तलामा यो रोधी क्लवले गत शुक्रवारदेखि आधिकारिक शुभारम्भ गरेको हो ।

साँगितिक क्षेत्रमा जमेका एकै घरका ३ दिदीबहिनी र एक भाई मिलेर क्विन रोधी संचालनमा ल्याएका हुन् । गायिका हरिमाया रायमाझी, गायक विशाल रायमाझी, नायिका, गायिका तथा मोडल एलिना रायमाझी र गायिका शर्मिला रायमाझीले सञ्चालनमा ल्याएको रोधी क्लबमा उनीहरु आफैले पनि प्रत्येक दिन प्रस्तुती दिने जनाएका छन् ।

वरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, गायक कृष्ण कँडेल, गायिक विमा कुमारी दुरा, गायिका राधिका हमाल र पत्रकार रामजी बगालेले रिबन काटेर रोधी क्लबको गत शुक्रावार उद्धघाटन गरेका हुन् । रोधी क्लबको उद्घाटन गर्दै बरिस्ठ कलाकार रायमाझीले लोक संगीत क्षेत्रकै कलाकारहरुले खोलेको यो रोधी क्लबले लोकसंगीतको जर्गेना गर्ने बताउँदै सफलताको शुभकामना दिए ।

रोधी क्लबले लोकदोहोरी क्षेत्र र लोकसंगीतको जर्गेना गर्दै छोटो समयमै सबैको मन जित्न सकोस् भन्दै सहभागीले सफलताको शुभकामना दिए ।

कलाकार कृष्ण कँडेलले रोधी क्लबले नाम जस्तै काम गरोस भन्दै सफलताको शुभकामना दिए । कार्यक्रममा नायक पृथ्वीराज प्रसाई, कलाकार कँडेल, लोकदोहोरी गायिका राधिका हमाल, लोकदोहोरी गायक प्रकाश कटुवाल, कलाकार रमेश दुलाल‘कागे’, हाँस्य कलाकार बिजय बिसीले आ–आफ्नो प्रस्तुति दिएका थिए । समुदघाटन कार्यक्रममा गायक प्रकाश कटुवाल र गायिका राधिका हमालले पहिलो दोहोरी प्रस्तुत गर्दै सुरुवात गरेका थिए ।

सञ्चालकहरुका अनुसार रोधी क्लबले नेपाली गीत संगीतका माध्यमबाट दर्शकहरुलाई मनोरञ्जन दिदैं विभिन्न स्वादका परिकारहरु पस्किनेछ । पारिवारिक, सुरक्षित र मनोरञ्जनात्मक वातावरणमा ग्राहकहरुका लागि सेवा प्रदान गरिने सञ्चालिका एलिना रायमाझीले जानकारी दिइन । रोधी क्लबले यही चैत्र २० गतेसम्म ग्राहकहरुकालगि शुभारम्भको अवसरमा २० प्रतिशत छुटकोसमेत व्यवस्था गरेको छ । रोधी क्लब साँझ ७ बजेदेखि राति १ बजेसम्म खुल्नेछ । रोधी क्लबमा हरेक साँझ रास्ट्रीय कलाकारहरुले आ आफ्नो प्रस्तुति दिदै उपस्थित लोकदोहोरी पारखीको मन जित्ने संचालकको दावी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *