चर्चित गायक सुरज कुमार थापाको नयाँ गीत ‘नाचन–नाचन’ सार्वजनिक (म्युजिक भिडियोसहित)

news-details

विगत २५ वर्षदेखी नेपाली संगीत क्षेत्रमा निरन्तर लागी रहेका चर्चित युवा गायक सुरज कुमार थापाको आधुनिक पुस्तालाई लक्षित गर्दै बिलकुलै फरक धारको नयाँ तथा रमाईलो बोलको गीत ‘नाचन नाचन’ सार्वजनिक भएको छ ।

सन्तोष बस्न्यातको प्रस्तुती, शब्द र संगीत रहेको उक्त गीतमा गायन तथा संगीत संयोजन सुरज कुमार थापा स्वयंको रहेको छ । नेपाली लोक तथा आधुनिक बाध्य यन्त्रहरुको कुशल संयोजनमा तयार पारिएको यस गीतलाई मिक्सिङ तथा मास्टरिङ अशोक महर्जन र रेर्कडिङ शम्भु कुमार तण्डुकारले गरेका छन् ।

प्रज्ञा एच.डी. रेर्कडिङ स्टुडियोमा रेर्कड गरिएको उक्त रमाईलो गीतको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन अमृत शाहि ठकुरीले गरेका छन् भने कलाकारहरुमा स्वयं अमृत शाही ठकुरी, मोनिका तामाङ, सन्तोष बस्न्यात, आर्य के.सी, सन्देश शर्मा र विविध ब्याण्डलाई प्रस्तुत गरिएको छ । गीतमा जि.ए.फेथ. डि. एम. क्रियशनको नृत्य प्रस्तुती पनि समावेश गरिएको छ ।

अहिलेका चर्चित सिनेम्याटोग्राफर ज्ञानेन्द्र शर्मा हुँमागाईले छायाँकन गरेको उक्त भिडियोलाई चर्चित सम्पादक विकाश ज्ञवालीले सम्पादन गरेका छन् । गीतमा नृत्य निर्देशन रे ज्याक खड्का, सहायक निर्देशन निरजन महत र मेकअप अनिता ग्वाचाको रहेको छ ।

विगत १५ वर्षदेखी चर्चित नेपाली सांगीतक समुह “नेपथ्य”मा समेत सक्रिय सदस्यकोरुपमा आबद्ध रहेका गायक सुरज कुमार थापा विगत १७ वर्षदेखी विभिन्न विद्यालयहरुमा संगीत शिक्षकको रुपमा समेत कार्यरत रहेका छन् ।

चर्चित राष्ट्रिय गीत ‘पश्चिम कोही पूर्व घर’, चर्चित चलचित्र गीत ‘यस पालि त जन्ते बाख्रो खान पाईने भो’लगायत चर्चित गीतहरु ‘गहिरो घाउ’, ‘भो माया अब लाउँदिन’, ‘नाम बिना’ जस्ता ख्याति प्राप्त गीतहरुमा स्वर दिईसकेका गायक सुरज कुमार थापाले हालसम्म ‘चिनारी’, ‘क्यानभास’ र ‘परिभाषा’ गरी ३ वटा एकल एल्बम ल्याइसकेका छन । यस्का साथै अन्य थुपै्र कलेक्सन एल्बमहरु र केही नेपाली चलचित्रहरुमा समेत आफ्नो पाश्र्व स्वर दिईसकेका गायक थापाले वि.सं. २०४८ सालमा रेडियो नेपालबाट आधुनिक गायनतर्फ स्वर परीक्षा उतिर्ण गरी हालसम्म रेडियो नेपालमा थुप्रै आधुनिक, राष्ट्रिय, भजन, लोक तथा केही बालगीतहरुमा आफ्नो स्वर दिईसकेका छन् ।

वरिष्ठ गायिका तिर्थकुमारी थापाका सुपुत्र अनि वरिष्ठ गायक, संगीतकार तथा रचनाकार अम्बर गुरुङका प्रिय चेला रहेका गायक सुरज कुमार थापाले रेडियो नेपालद्धारा आयोजित अधिराज्यव्यापी प्रतियोगितात्मक आधुनिक संगीत सम्मेलन अन्तर्गत गायनतर्फ तृतिय (सन १९९८), चौथो (सन २०००) र दोस्रो (सन २००२) स्थान हाँसिल गरेका थिए । ‘उत्कृष्ट युगल गायन अर्वाड’ (ईमेज अवार्ड, सन २०१५), ‘उत्कृष्ट युगल गायन अर्वाड’ (विन्धवासिनी म्युजिक अवार्ड, सन २०१५), ‘उत्कृष्ट आधुनिक गायक तथा संगीतकार’ (ओ.एस. म्युजिक अर्वाड, सन २०१७), ‘वर्षको उत्कृष्ट एल्बम–क्यानभास’ (ईमेज अर्वाड, सन २०१७), ‘वर्षको उत्कृष्ट एल्बम–परिभाषा’ (ओ.एस म्युजिक अर्वाड, सन २०१८) गरि थुप्रै महत्वपुर्ण म्युजिक अर्वाडहरु प्राप्त गर्न सफल भैसकेका लोकप्रिय गायक हुन् ।

हालसम्म अमेरिका, अस्टे«लिया, युरोप, जापान, दक्षिण कोरिया, ईजरायल, दुबई, सिंगापुर, हङकङ, चिन, भारत र स्वदेशमा थुप्रै पटक आफ्नो सांगीतिक प्रस्तुति दिईसकेका गायक थापाले यस रमाईलो ‘नाचन नाचन’ गीत तथा म्युजिक भिडियोमार्फत आम दर्शक तथा श्रोतालाई स्वस्थ मनोरञ्जन प्रदान गर्ने कोशिस गरेको बताएका छन् ।

गितको म्युजिक भिडियो डि.ए.आर. मूभिजको आधिकारिक युटुव च्यानलबाट आम दर्शक तथा स्रोतामाझ ल्याईएको छ ।

म्युजिक भिडियो हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *