चलचित्र विकास बोर्डकी अध्यक्ष निकिताले दिइन् राजीनामा

news-details

नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् । गत आइतबार मन्त्रालयको बैठकमा अनुपस्थित भएपछि मन्त्री बास्कोटाले कारबाही गर्ने चेतावनी दिएका थिए । सोही कारणले कारबाहीमा पर्नुभन्दा अगाडि राजीनामा दिएकी हुन्।

पौडेलले माघ २३ गतेबाट लागू हुनेगरी राजीनामा दिएकी हुन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूले राजीनामा राजीनमा दिएको बताएकी छन् । ‘व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपारेस् भनी मैले यो निर्णय लिएकी हुँ,’ फेसबुकमा उनले लेखेकी छन् ।

पौडेल २०७४ मंसिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् । केही दिनअघि मात्र निकिताले सञ्चारकर्मी तथा पत्रकार रवि लामिछानेसँग विवाह गरेकी थिइन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *