कोरियामा सफलता चुम्दै निर्देशक हाङ चेम्जोङ

news-details

प्रवासमा आफ्नो रोजगारीको बाबजुत पनि आफ्नो इच्छा र मनोवललाई कसैले बिर्सन सकेका छैनन् । आफ्नो लक्ष्यलाई प्रवासमा नै बसेर भएपनि पुरा गर्ने नेपालीहरु प्रसस्त छन् । यिनै मध्येका एक हुन् पुर्वी नेपालमा जन्मिएका र हाल दक्षिण कोरियालाई कर्मथलो बनाइरहेका निर्देशक हाङ चेम्जोङ ।

कोरियामा आफ्नो कामको अलावा पनि उनले आफ्नो दक्षता र क्षमतालाई निखारिरहेका छन् । नेपाली गीत संगीतमा लागेर एक पछि अर्को गर्दै थुप्रै म्युजिक भिडियो निर्देशन गर्दै हाल आएर आफुलाई सफल निर्देशकको रुपमा उभ्याएका छन् । नेपालका ख्यातिप्राप्त गायक गायिका राजेश पायल राई देखि मेलिना राई, स्वारुपराज आचार्य, प्रश्ना शाक्यदेखि गीतकार निलम आङ्बुहाङसम्मको गीतहरुमा निर्देशक चेम्जोङले म्युजिक भिडियो भरिसकेका छन् ।

भरखरै मात्रै बजारमा आएको गीतकार सुमित्रा अश्रुधाराको स्नेहा एल्बमबाट राजेशपायल राईको स्वर र बिबि अनुरागीको संगीत रहेको ‘आधा तिमी आधा म’ बोलको गीतमा अलिना र साहाङ लाई डेब्यु गराएर चेम्जोङले उत्कृष्ट म्युजिक भिडियो बनाएका छन् । निर्देशक चेम्जोङ भन्छन्–‘ मेरो निर्देशनलाई दर्शकहरुले पनि एकदमै रुचाइ दिनुभएकाले अझै उत्कृष्ट काम गर्ने हौसला बढिरहेको छ ।’ एकपछि अर्को गर्दै नेपाली गीतसंगीतको श्रीबृद्धी गरिरहेका निर्देशक चेम्जोङको ‘आधा तिमी आधा म’ उत्कृष्ट भिडियोहरु मध्येमा पर्दछ ।

छुट्टीको समयमा दक्षिण कोरियाका रमणीय सुटिङ स्पट छनौट गर्ने र त्यही भिडियो छायांकन गरेर नेपालीहरुलाई मोहित बनाउने कला निर्देशक चेम्जोङमा छ । सुन्दर दृष्यहरु कैद गरेर समुन्द्री किनाराहरुमा भिडियो छायांकन गर्नु र नेपाली गीत संगीतलाई न्याय दिनु उनको सौख हुन थालेको छ ।

गितकार नुतन भुषाल र प्रश्ना शाक्यको मीठो आवाजमा रहेकोको कैदी नामको गित म्युजिक भिडियो रिलिज हुने तयारीमा रहेको निर्देशक चेम्जोङले जानकारी दिए ।

कोरियाको बसाइ सकाएर नेपाल आएपछि पनि निर्देशनकै क्षेत्रमा लाग्ने उनको योजना छ । म्युजिक भिडियोको निर्देशन मात्र नभएर उनी शर्ट मुभी बनाउने तयारीमा पनि छन् । प्रवासमा प्रसस्त समय र साधानको अभावमा पनि उत्कृष्ट भिडियो बनाउन सफल उनी नेपाल आएर त्यो भन्दा उत्कृष्ट काम गर्न सक्नेमा ढुक्क छन् ।

कोरियामा रहेको नेपाली भाषी एक मात्रै रेडियो अनलाइन गोर्खालीको स्टेशन म्यानेजर रहेका उनी भिजेमा पनि देख्न सकिन्छ । कोरियामा रहने कोरियाको थुप्रै प्रतिभाहरुलाइ स्थान दिएर प्रतिभाको कदर गर्दै मिडियामा स्थान दिइरहेका छन् । प्रवासमा लुकेका प्रतिभालाई तिखार्ने काम पनि चेम्जोङले गरिरहेका छन् । टेलिभिजन मिडियामा पनि चाख राख्ने चेम्जोङ फुर्सदको समयमा कहिल्यै खाली बस्दैनन्, उनी क्यामेरा बोकेर नयाँ नयाँ खुराक खोज्न हिडिहाल्छन् ।

आफ्नो इच्छा छ भने केहीले रोक्न सक्दैन भन्ने गतिलो उदाहरण बनेका छन् चेम्जोङ । उनको यो जाँगर र मेहनेत नेपाली गीतसंगीत र मिडियाको क्षेत्रमा केही टेवा पुग्छ भन्ने विश्वास लिन सकिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *