न्यू इयर इभमा सांगीतिक कार्यक्रम हुने

news-details

अंग्रेजी नयाँ २०१९ को इभमा सांगीतिक कार्यक्रम हुने भएको छ । ३१ डिसेम्बर सोमबार बेलुकी हुने सांगीतिक कार्यक्रममा चर्चित गायक आनन्द कार्की, प्रश्ना शाक्य, डिजे निरज, डान्सर बिनु साक्यलगायतका कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिने छन् ।

चन्द्रमोहन इन्टरटेनमेट्सले आयोजना गर्न लागेको कार्यक्रम एल्लो पगोडा होटल, जमलको माछापुछ«े हलमा हुने छ । ‘न्यू इयर इभ २०१९’ नाम दिइएको कार्यक्रममलाई बालेन्टाइन ह्विस्कीले मुख्य प्रयोजन गरेको छ ।

लाइन्स क्लब अफ काठमाडौं एमआईजीको सहकार्य हुन लागेको कार्यक्रममा करिब ५ सय दर्शक सहभागी हुने प्रमुख आयोजक जेबी डिसी र ममता प्रधानले जानकारी दिएका छन् । साझँ ७ बजेबाट सुरु हुने कार्यक्रमा राति १२ बजेसम्म चल्ने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *