लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन

news-details

चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । बिरामी भएर घरमै थला परेका लामिछानेको शुक्रबार दिउँसो १२ बजे आफ्नै निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो ।

भक्तपुरको चाँगुनारायण नगपालिका–७, आफ्नै निवासमा लामोसमयदेखि पक्षघातलगायत विभिन्न रोगले थलिएका लामिछानेको निधन भएको छोरी परिवारले जनाएको छ ।

‘घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर’‘, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’‘, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर‘’जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भैरहेको थियो ।

लामिछानेको पार्थिव शरीरलाई दाह संस्कारका लागि घाटतर्फ लैजाने तयारी छ । लामिछानेका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *