चलचित्र प्राविधिक संघमा पुनः पुष्कर लामाको नेतृत्व

news-details

चलचित्र प्राविधिक संघको अध्यक्ष पदमा पुनः पुष्कर लामा विजयी भएका छन् । बुधबार सम्पन्न संघको साधारण सभाबाट उनी अध्यक्ष पदमा निर्विरोध विजयी भएका हुन् । उनले यसअघि ३ बर्षे कार्यकाल सम्पन्न गरिसकेका थिए । उनको प्रत्याशीको रुपमा अरु प्राविधिकले उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् ।

कोषाध्यक्ष पदमा पनि सुष्मा पौडेल निर्विरोध विजयी भएकी छिन् । यस्तै उपाध्यक्ष पदमा भने विनोद लामा र अर्जुन प्रसाद पोखरेल विजयी भएका छन् । यस्तै, संघको महासचिव पदमा शालिगराम दुलाल, सचिव पदमा दिव्यराज सुवेदी विजयी भएका छन् ।

संघको सदस्य पदमा रामेश्वर कार्की, पिताम्बर पाण्डे, शोभा श्रेष्ठ, नवराज उप्रेती, देवराज गुरुङ, कृष्णबहादुर थापा, साहिल खान, दुर्गा प्रसाद पौडेल, सरोज वुढाथोकी, कमलप्रसाद मिश्र र माधव प्रसाद थपलिया विजयी भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *