‘द भ्वाइस अफ नेपाल’ को टिम फाइनल शो गर्न कतार पुगे

news-details

नेपाली कामदारको बाक्लो संख्या रहेको कतारमा गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को टिम फाइनल शो गर्न कतार पुगेको छ । आगामी शुक्रवार हुने फाइनलमा शोका लागि उनीहरु कतार झरेका हुन् ।

द भ्वाइस अफ नेपालका चार प्रतिस्पर्धी र निर्णायक टोलीलाई बुधवार दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजकले स्वागत गरे । निकै उत्साहका साथ कतार पुगेका प्रतिस्पर्धीको छनौट कतारबाट नै हुने भएकाले विश्वको ध्यान तानिएको छ ।

डिसेम्बर १४ तारिक शुक्रबार दोहास्थित एसियन टाउन ग्राण्डमल सनैयामा हुने कार्यक्रकको सम्पुर्ण तयारी पुरा भएको आयोजक तथा एनआरएन मध्यपूर्व उपसंयोजक प्रविन गुरुङले जानारी दिए । कार्यक्रममा नेपालबाट आउने कलाकार लगाएत सम्पुर्ण अतिथीहरुको व्यवस्थापनको पाटोसमेत तयार भएको गुरुङले जानकारी दिए । त्यसैगरी कार्यक्रम स्थलको सुरक्षादेखि टिकट काउण्टर सम्मको ब्यावस्थापन सकिएको उनले बताए ।

आयोजक गुरुङका अनुसार कार्यक्रम हुने दिनमा १ सय ६० जना कतारी प्रहरी खटिने छन् । त्यस्तैगरी कार्यक्रमै सुरक्षाका लागि ३ सय सुरक्षागार्ड हुनेछन् । त्यसैगरी कार्यक्रमलाई ब्यवस्थित गर्न कार्यक्रम हुने भन्दा एक सय मिटर आसपासमा पनि सुरक्षा ब्यवस्था मिलाइएको छ ।
द भ्वाइसको फाइनलमा चार निर्णायकका एक÷एक प्रतिस्पर्धी प्रवेश गरेका छन् । फिनालेमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक दुतराज र श्रृजे थपलियाले एकअर्कासँग प्रतिस्पर्धा गर्ने भएका छन् । गत आइतवारको सेमिफाइनल शोलगतै अब प्रतिस्पर्धीहरु मध्ये एक कतारमा हुने ग्रान्ड फिनालेपछि पहिलो द भ्वाइस अफ नेपाल चुनिनेछ ।

आगामी शुक्रबार हुने फाइनलमा कतारमा रहेका नेपालीजन लगायत ७९ वटा देशका गैर आवासिय नेपाली प्रतिनिधीहरु आउने कार्यक्रम रहेको जनाइएको छ । नेपाल बाहिर भएको नेपाली कार्यक्रमहरुमा द भ्वाइसको यस फाइनल कार्यक्रमलाई अहिलेसम्मकै ठूला कार्यक्रमहरु मध्ये भएको आयोजकको दावी छ ।

नेपालमा ३० वटा श्रृखला सकाएर द भ्वाइसको सम्पूर्ण क्रु सदस्यहरु अहिले कतारमा अहोरात्र खटिएका छन् ।
ग्रान्ड फिनालेमा हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले पनि प्रस्तुति दिनेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *