पल र आचलको रियल प्रेमकहानी

news-details

पछिल्लो समय डान्सिङ गीतले मात्र बजार लिइरहेको अवस्थामा पल शाह र आचल शर्मा अभिनित गहिरो माया प्रेममा आधारित ‘तिमी हासेको पल’ बोलको गीतले सार्वजनिक भएको थोरै समयमा नै लाखौ दर्शक र स्रोताको मन जित्न सफल भएको छ । गीतमा पल र आचलको बास्तविक प्रेमको झल्को पाउन सकिन्छ ।

संगितकार कमल अधिकारीको आफ्नै यूटुब च्यानलमार्फत सार्वजनिक भएको यो गीतले गहिरो प्रेममा आधारित सेन्टिमेन्टल गीतहरु चल्दैनन भन्नेहरुलाई गतिलो जवाफसमेत दिएको छ ।

अहिलेका लोकप्रिय गायक प्रमोद खरेल र रजिना रिमालको कर्णप्रिय स्वर रहेको गीतलाई उपन्यासकारसमेत रहेका हरि कटुवालले लेखेका हुन भने कमल अधिकारीले संगित भरेका हुन ।

प्रेमिला शब्दहरु रहेको गीतको भिडियो निर्देशन ससान कडेलले गरेका हुन भने यस गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन ।

भर्खरै सम्पन्न नेशनल बक्स अफिस अर्वाडमा यस गीतले उत्कृष्ट आधुनिक गीत शब्द–रचनाको अवार्डसमेत हात पारिसकेको छ ।

हेर्नुहोस म्यूजिक भिडियोसहित

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *