गायक रायमाझीले गरे विदेशीएका युवालाई स्वदेश फर्कन आह्वान (भिडियोसहित)

news-details

बरिष्ठ लोक सर्जक दुर्गा रायमाझीको नयाँ सृजना “फर्क दाई फर्क” गीत सार्वजनिक भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतले गित सार्वजनिक गरेका हुन ।

रायमाझीको आफ्नै शब्द, लय र स्वरमा तयार पारिएको गितमा विदेश रहेका नेपालीलाई स्वदेशमै फर्कन आह्वान गरिएको छ । उनले गितमार्फत् विदेशमा रहेकाहरु फर्किएर स्वदेशमै केही गर्ने हो भने नेपाल नै जापान, अमेरिका, हङ्कङजस्तो बन्ने तर्फ प्रवासीहरुको ध्यानाकर्षण गराएका छन ।

विदेशमा बसेर नेपालबाट गुन्द्रुक ढिँडो मगाएर खाने भए विदेश किन जाने भन्ने प्रश्न गर्दै गितमा पैसाले मात्रै सुख नहुने अनुभूती प्रवासीहरुले गरेको आशय व्यक्त गरिएको छ ।

राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका पुर्व अध्यक्ष समेत रहेका रायमाझी गित संगित तथा नाट्य प्रतिष्ठानका प्राज्ञ समेत हुनुहुन्छ ।

गितको भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *