प्रदिप र जसिताको लिड रोल रहेको ‘लभ स्टेसन’को मुर्हूत

news-details

पछिल्लो समय नेपाली चलचित्रका हटकेक मानिएका अभिनेता प्रदीप खड्का र लिलिबिली फेम अभिनेत्री जसिता गुरुङको लिड क्यारेक्टर रहेको चलचित्र लभ स्टेसनको शुभमुर्हूत गरिएको छ ।

गोविन्द शाही, क्रिशु शाही (काफिया) र कवीर विक्रम शाहीले संयुक्त रूपमा निर्माण गर्न लागेको चलचित्र लभ स्टेसनको शुभसाइत गरी क्यामेरा खोलिएको हो । सोमवार पशुपतिनाथ मन्दिरको प्रागंणमा पूजाआजा गरी शुभमुहुर्त गरिएको हो ।

निर्माण टीम भोलि छायाङ्कन स्थलतर्फ लाग्नेछ । शुक्रवारबाट चलचित्रको छायाङ्कन प्रारभ्म हुने निर्माता गोविन्द शाहीले बताए ।

प्रकाश शाह, रमेश बुढाथोकी, रवि डंगोल, सिरु विष्ट, रश्मी पाण्डे आदि कलाकारको पनि अभिनय रहनेछ । उज्वल घिमिरेको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्र ५० दिन लगाएर खिचिँदैछ । लभ स्टेशनलाई आलप शुक्लाले खिच्नेछन् । २ करोड लागतमा निर्माण हुन लागेको चलचित्र फ्लोरमा जानुअघिनै चर्चामा छ ।

भारतको सिक्किम, दार्जिलिङलगायतका स्थानमा छायांकन हुन लागेको लभ स्टेसन पूर्ण रूपमा प्रेमकथामा आधारित रहनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *