लोकप्रिय गायक नारायण रायमाझीको ‘लाईछेउ बेसन’को ‘रिमेक’ सार्वजनिक

news-details

नेपाली लोकसांगीतिक क्षेत्रका धरोहर गायक नारायण रायमाझीको करिव १४ वर्ष अघि रेकर्ड भएको गीत लाईछेउ बेसनको रिमेक सार्वजानिक गरिएको छ । करिव १४ अघि रिमा रेकर्डिङ्ग स्टुडियोले बजारमा ल्याएको लाईछेउ बेसनलाई नयाँ एरेन्जमेन्ट सहित नयाँ भिडियो रिमा इन्टरटेन्टमेन्टले रिलिज गरेकोे हो ।

त्यतीबेला निकै नै लोकप्रिय बनेको यस गीतको भिडियोमा वरिष्ठ कलाकार प्रेमदेव गिरी र पप्पु पुनको अभिनय रहेको थियो । युटुवमा रहेको पुरानो गीतको भिडियो मधुरो देखीने र आधुनिक परिवेश अनुसार नभएकोले ‘रिमेक’ गरेर ल्याइएको गायक रायमाझी बताउछन ।

लय पुरानै भएपनि शब्द र भिडियोमा देखीने कलाकारहरुलाई समय सापेक्ष बनाइएको छ । रिमेक गरिएको गीतमा नारायण रायमाझी, मेलिना राई र बिबि अनुरागीले स्वर दिएका छन ।

संगीत रायमाझी आफैले गरेका हुन भने शब्द रमेश बिजिले सृजना गरेका हुन । भिडियोमा निर्देशन तथा कोरियोग्राफी विवेक खड्का र बिन्दु खड्काको रहेको छ । अन्य कलाकारहरु शेरबहादुर गुरङ, मनोज खड्का, मिराज अर्याल, सुमित्रा तामाङ, पुजा मर्हजन, मिरा खड्का,विकास गुरुङ,रोजिना गुरुङ,सुनिल घतानी लगायत रहेका छन ।

वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीले दर्शक तथा श्रोताको माग र चाहाना अनुसार यसरी नै अन्य लोकप्रिय पुराना गीतहरु पनि रिमेक गरेर रिमा इन्टरटेन्टमेन्ट मार्फत बजारमा ल्याउने बताएका छन । उनले श्रोता र दर्शकको सल्लाह सुझाव सधै सिरोर्धाय गर्दै अगाडी बढ्ने बताए ।

हेर्नुहोस भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *