‘छक्का पञ्जा ३’ को फस्टलुक सार्वजनिक

news-details

बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ ले आफ्नो अफिसियल पोस्टर सार्वजनिक गरेको छ । प्रदर्शन मिति नराखी निर्माण युनिटले पोष्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा चलचित्रका ५ कलाकार दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ अटाएका छन् ।

आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको चलचित्र दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्र युनिटले शनिवार ट्रेलर सार्वजनिक गर्ने जनाएको छ । ट्रेलर भने प्रदर्शन मिति राखेर आउने निर्माण युनिटको भनाई रहेको छ ।

दशंैमा प्रदर्शनमा आउने चलचित्रमा नीर शाह, शिवहरि पौडेल, विल्सनविक्रम राई, किरण केसीलगायतको पनि अभिनय छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइरालाले चलचित्रमा अतिथि भूमिका निर्वाह गरेका छन् । चलचित्रका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *