‘चङ्गा चेट’को दोश्रो गीत ‘ढल्की ढल्की…’ सार्वजनिक

news-details

काठमाडौं र दिपेन्द्र के खनालको निर्देशन रहेको यो बर्षको प्रतिक्षित चलचित्र ‘चङ्गा चेट’को दोश्रो गीत ‘ढल्की ढल्की…’ सार्वजनिक भएको छ । यस अघि सार्वजनिक भएको पहिलो गीत ‘गोजीमा दाम छैन’ले नेपाली सांगीतिक बजारमा राम्रो प्रतिक्रिया पाइरहदा निर्माण युनिटले दोश्रो गीत पनि सार्वजनिक गरेको हो ।

गीतमा विवाह बन्धनमा बाँधिने तयारी गरेका रियल प्रेमी जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशी देखिएका छन् । गीतमा सन्दिप क्षेत्री, रबिन्द्र झा, सुरक्षा पन्त र परमिता आरएल राणा पनि देखिएका छन् ।

अल्मोडा राना उप्रेतीको स्वर, हरिहर तिमल्सिनाको शब्द तथा मिस्टर आरजेको संगीत रहेको गीतलाई प्रविन सिंहले कोरियोग्राफी मार्फत सिंगार्ने काम गरेका छन् ।

माधव वाग्ले र शर्मिला पाण्डेले सयूंक्त रुपमा निर्माण गरेको यो चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको निर्माण युनिटले बताएको छ ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायाँकन र दीर्घ खड्काको सम्पादन रहेको छ । डार्क कमेडी बिषय चलचित्रले देखाउने निर्देशक दिपेन्द्रले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *