‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’ सम्पन्न, नाजिर र नीता बने उत्कृष्ठ

news-details

काठमाडौं / ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’को अवार्ड वितरण सम्पन्न भएको छ । आइतबार राजधानीमा एक समारोहकाबीच एलजी सिने सर्कल फिल्म अवार्ड वितरण गरिएको हो । उपराष्ट्रपति नन्दकिशोर पुन प्रमुख अथिति रहेको अवार्ड समारोहमा बलिउड अभिनेता गोविन्दाको पनि सहभागिता रहेको थियो । गोविन्दा एलजी सिने सर्कल फिल्म अवार्ड २०७५ कार्यक्रमको लागि नेपाल आएका थिए ।

२२ विधा समावेश गरिएको अवार्डमा उत्कृष्ठ फिल्मको अवार्ड ‘तिमीसँग’ ले हात पारेको छ । त्यस्तै, उत्कृष्ठ निर्देशकको अवार्ड फिल्म ‘भुईमान्छे’ बाट नवराज बुढाथोकीले जित्न सफल भए । नाजिर हुसेनले फिल्म ‘तिमी सँग’ बाट उत्कृष्ट नायकको अवार्ड चुम्न सफल हुँदा नीता ढुंगाना फिल्म ‘पञ्चायत’ बाट उत्कृष्ट नायिका घोषित भइन् ।

पपुलर नायकको अवार्ड नायक प्रदीप खड्काले जिते भने नायिकामा प्रियंका कार्कीले फिल्म छक्का पञ्जा २ बाट हात परिन् । त्यस्तै जुरी सदस्यले प्रदान गर्ने क्रिटिक्स अवार्ड भने ‘मंगलम’बाट नायक पुष्प खड्कालाई प्रदान गरियो ।

यस वर्षको ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड भने दर्जनौँ नेपाली फिल्म निर्देशन गरिसकेका निर्देशक किशोर रानालाई प्रदान गरियो ।

हेर्नुहोस् अवार्ड विजेताको सूची

१. द बेष्ट पोष्टर अफ द एयर – शत्रु गते – टौवा क्रिएसन (शान थापा, विजय बस्याल)

२. द बेष्ट ट्रेलर अफ द एयर – कृ – सुरेन्द्र पौडेल

३. द बेष्ट स्टन्ट अफ द एयर – पिँजडा व्याक अगेन – सिम्पसन तामाङ

४. द मस्ट पपुलर सङ्ग अफ द एयर – कुटुमा कुटु – दुई रुपैयाँ – राजनराज सिवाकोटी

५. द बेष्ट भिएफएक्स अफ द एयर – माई लभ – नाओत्सुगु मिकामी

६. द मस्ट कमेन्डेबल मुभी अफ द एयर – पञ्चायत

७. द मस्ट पपुलर एक्टर (मेल) अफ द एयर – प्रदीप खड्का – लिलिबिली

८. द मस्ट पपुलर एक्टर (फिमेल) अफ द एयर – प्रियंका कार्की – छक्का पञ्जा २

९. द बेस्ट एडिटर अफ द एयर – मित्र डी गुरुङ – शत्रु गते/मंगलम

१०. द बेस्ट व्याग ग्राउण्ड स्कोर अफ द एयर – एलिस कार्की – लिलिबिली

११. द बेस्ट स्क्रीन प्ले अफ द एयर -तिमी सँग – शिशिर राणा, सुशील क्षेत्री, सुमन उप्रेती, सागर ओझा

१२. तारादेवी द बेस्ट प्लेव्याक सिंगर (मेल) अफ द एयर – सुगम पोखरेल – भन्छु आज – म यस्तो गीत गाउँछु

१३. तारादेवी द बेस्ट प्लेव्याक सिंगर (फिमेल) अफ द एयर – मेलिना राई – कुटुमा कुटु – २ रुपैयाँ

१४. द बेस्ट एक्सन डाइरेक्टर अफ द एयर – चन्द्र पन्त –कृ

१५. द बेस्ट कोरियोग्राफर अफ द एयर – कविराज गहतराज – कुटुमा कुटु – २ रुपैयाँ

१६. द बेस्ट अन स्क्रीन कपल अफ द एयर – दीपिका प्रसाईं र रमेश उप्रेती – ऐश्वर्य

१७. द बेस्ट म्युजिक डाइरेक्टर अफ द एयर – अर्जुन पोख्रेल – भन्छु आज – म यस्तो गीत गाउँछु

१८. द बेस्ट डिओपी अफ द एयर – विदुर पाण्डे – भुइँमान्छे

१९. द बेस्ट एक्टर (फिमेल) अफ द एयर – नीता ढुंगाना – पञ्चायत

२०. द बेस्ट एक्टर (मेल) अफ द एयर – नाजिर हुसेन – तिमीसँग

२१. द बेस्ट डाइरेक्टर अफ द एयर – नवराज बुढाथोकी – भुइँमान्छे

२२. द बेस्ट फिल्म अफ द एयर – तिमी सँग – नमन प्रोडक्सन

क्रीटिक्स अवार्डस् पुष्पल खड्का

लाइफटाइम एचिभमेन्ट अवार्डः किशोर राना

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *