भारतको सर्वाधिक महँगो सिनेमा मानिएको ‘२.०’को टिजर रिलिज भएको छ ।

शंकर निर्देशित फिल्ममा दक्षिण भारतिय फिल्मका सुपरस्टार रजनीकान्त र अक्षयकुमारको मूख्य भूमिका रहेको छ ।

फिल्म २०१०मा रिलिज भएको ‘रोबर्ट’ सिनेमाको सिक्वल हो ।

सार्वजनिक टिजरले फिल्म हलिउड स्तरमा बनेको देखाएको छ । दर्शकका लागि फिल्म निक्कै प्रतिक्षित मानिएको छ ।

करिब ५५० करोड भारूमा निर्माण भएको सिनेमाले भारतिय वक्सअफिसमा कीर्तिमानी कमाइ गर्ने अनुमान गरिएको छ ।

२९ नोभेम्बरलाई रिलिज मिति तोकेको सिनेमा हिन्दी, तमिल तथा तेलेगुमा गरी एकसाथ ३ भाषामा रिलिज हुनेछ ।