लिस्नर्स क्लव नेपालद्धारा तीन नारी स्रष्टा सम्मानित

news-details

लिस्नर्स क्लव नेपालले हरितालिका तीजको अवसरमा स्रष्टा सम्मान विशेष समारोह सफलतापूर्वक सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष हरिराम पौडेलको सभापतित्व, वरिष्ठ कथाकार माया ठकुरीको प्रमुख आतिथ्यता तथा वरिष्ठ नियात्राकार÷निवन्धकार युवराज नयाँघरे, लिस्नर्स क्लव नेपालकी संरक्षक रोजु अधिकारी, पूर्व अध्यक्ष ओम प्रकाश सुवेदी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, सामाजिक क्रिया संजाल नेपालकी अध्यक्ष मैया बज्राचार्य, मिसेस नेपाल एलिगेन्स २०१८ कल्पना आचार्य, यातायात व्यवसायी महासंघकी उपाध्यक्ष पुष्पा श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न क्षेत्रमा बिशेष योगदान पु¥याउनुभएका तीन जना महिलालाई सम्मान गरिएको हो ।

बानेश्वरस्थित इन्द्रेणी व्याकंकेटमा आयोजित उक्त कार्यक्रममा नेपाली पत्रकारिताको क्षेत्रमार्फत देश र समाज परिवर्तनका लागि योगदान पु¥याउदै आउनुभएकी नवनारी मासिक पत्रिकाकी सम्पादक तथा गीतकार जानुका ढकाल, नेपाली सांगीतिक आकाशकी लोकप्रिय तथा बरिष्ठ गायिका कुन्ती मोक्तान र साहित्यमा कलम चलाउदै आउनुभएकी पर्वतारोहन विज्ञ तथा साहित्यकार लाक्पा फुटी शेर्पा लाई सम्मान गरिएको छ । सम्मानित हुने तिनै जना व्याक्तित्वहरुलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार माया ठकुरीद्धारा दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा लिस्नर्स क्लवका अध्यक्ष हरिराम पौडेलले विशिष्ट नारीरत्नहरुलाई सम्मानित गर्न पाउनु संस्थाको लागि गर्वको कुरा रहेको बताए । संचारकर्मी तथा गायिका निरा रानाभाटले सञ्चालन गर्नुभएको कार्यक्रममा क्लबले तीजका अवसरमा सबै दिदी बहिनीहरुलाई नाचगानसहित जलपानको समेत व्यवस्था गरेको थियो ।

कार्यक्रममा नेपाली साहित्य तथा गीति क्षेत्रका चर्चित व्यक्तित्वहरु राजु सिंह, विनोद पछाई, आनन्दरत्न बज्राचार्य, रविन्द्र आशिश शैली, पुष्प धमला, भुवन सिवाकोटी, सोनी राजभण्डारी, राष्ट्रिय नृत्यंगना आराध्यलक्ष्मी खड्गी, समाजसेवी राज्यलक्ष्मी बज्राचार्य, राज्यलक्ष्मी शाक्य, दुर्गा प्रधान तथा क्लवका आजीवन सदस्य, साधारण सदस्य, सामाजिक क्रिया सञ्जाल नेपालका पदाधिकारीहरु तथा शुभचिन्तकहरुको वाक्लो उपस्थिति रहेको थियो ।

शब्दमा शक्ति हुन्छ, आवाजले परिवर्तन ल्याउँछ’ भन्ने मुल नाराका साथ २०६२ सालमा स्थापना भएको संस्थाले समाजमा सकारात्मक चिन्तनको विकास गर्दै त्यहाँ रहेका कुरिती, कुसंस्कार र बेथितिलाई सञ्चारमाध्यम मार्फत निरन्तर प्रवाह र चिरफार गरिरहेको छ । आवाजविहिनहरुको आवाज बन्ने संस्थाको ध्येय सदैव निरन्तर रहेको क्लबले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *