वरिष्ठ गायक तथा अभिनेता हरिप्रसाद रिमालको निधन

news-details

वरिष्ठ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा बिहिबार राति निधन भएको हो ।

उनको आफ्नै निवास बानेश्वर हाइटमा १ बजेर ७ मिनेटमा निधन भएको हो । रिमाल लामो समयदेखि दम रोगबाट पीडित रहँदै आएका थिए जसका कारण घरमै आराम गर्दै आइरहेका थिए ।

वि सं १९९२ असोज २ गते जन्मिएका रिमालका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।

‘फगत एक नजरमा कसैले लियो मन’ गीतका लागि चर्चित रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर रेडियो नेपालका प्रथम गायक बनेका थिए ।

चर्चित साहित्यकार गोपालप्रसाद रिमालका भाइसमेत रहेका उनी पारिवारिक नाटक सम्बन्धका कारण सानैदेखि कलाकर्ममा जोडिन पुगेका थिए । उनले नाटकका साथै चलचित्रका समेत कुशल अभिनेता हुन् ।

उनले ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका फिल्ममा अभिनय गरेका थिए ।

त्यस्तै बालकृष्ण समका चेला हरिप्रसाद रिमाल ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनयका साथै गायनबाट आफ्नो परिचय स्थापित गर्न सफल नेवारी भाषा बोल्न सिपालु उनले नेवारी नाटक लेख्ने र मञ्चन गर्ने कार्यसमेत गरेका थिए । उनले रेडियो नेपाल मार्फत् रेडियो नाटक (रूपक)लाई शिखरमा पुर्‍याउने काम गरे ।

उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *