सञ्चारकर्मी क्षेत्रीको ‘यो तन यो मन’ गीतको भिडियो सार्वजनिक

news-details

काठमाडौं– सञ्चारकर्मी डब्बु क्षेत्रीको शब्दमा तयार भएको गीति संग्रह ‘गुलाबी स्वरहरु’मा संग्रहित गीत ‘यो तन यो मन’को भिडियो सार्वजनिक भएको छ ।

आफ्नो जन्मदिनको अवसर पारेर क्षेत्रीले सोमबार उक्त भिडियो सार्वजनिक गरेका हुन् । सन्तोष श्रेष्ठको संगीत तथा रेश्मा पुन मगरको स्वर रहेको सार्वजनिक गीतमा जुगल डंगोलको संगीत संयोजन रहेको छ ।

भिडियोमा कमला हाङ्खिम राई र पूर्णसुब्बा योङहाङको अभिनय रहेको छ । सुजन न्यौपानेको छायांकन रहेको भिडियोलाई गीतकार क्षेत्री आँफैले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *