‘बाँध मायाले’को शीर्ष गीत रिलिज (भिडियोसहित)

news-details

फिल्म ‘बाँध मायाले’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य दुई कलाकार आर्यन अधिकारी र सृष्टि श्रेष्ठ फिचरिङ छन् ।

निकै सुन्दर लोकेशनमा छायांकन गरिएको भिडियोमा आर्यन र सृष्टिको केमेष्ट्री मिलेको देखिन्छ । जहाँ उनीहरु निकै रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् ।

असोज ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरेका छन् । फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि मुख्य भूमिका रहेको छ भने यसै फिल्मबाट किशोर खड्काले पनि नायकका रूपमा डेब्यु गर्दैछन् । रामहरि धिताल र विभिसिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् ।

हेर्नुहोस भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *