कतारमा प्रदर्शन हुदै ‘कोहलपुर एक्सप्रेस’, केकी र रीमासँग बसेर फिल्म हेर्न पाईने

news-details

महेन्द्रप्रसाद पोखरेल दोहा । नेपाली चलचित्रलाई ‘कोहलपुर एक्प्रेस’ कतारमा प्रर्दशनमा आउने भएको छ । निरन्तर रुपमा नेपाली चलचित्रहरुलाई कतारका नेपालीमाझ पु¥याइरहेका कल्याण घिमिरेले यो पटक चलचित्र कोहलपुर एक्सप्रेससँगै नायिकाद्धय केकी अधिकारी र रीमा बिश्वकर्मालाई समेत कतार ल्याउने भएका छन् ।

कोहलपुर एक्सप्रेसमा मुख्य भुमीकामा प्रियंका कार्की, ऋचा शर्मा, बुद्धी तामाङ लगायतको अभिनय रहेको छ । राजनराज सिवाकोटी, कालिप्रसाद बास्कोटा तथा अर्जुन पोखरेलको संगित रहेको चलचित्रका सबै गीत हिट छन ।

कमेडी तथा सस्पेन्समा आधारित चलचित्र कोहलपुर एक्सप्रेस कतारको सनैया ईण्डष्ट्रियल क्षेत्रको ग्राण्ड मलमा रहेको एसियन टाउन हलमा आगामी अगष्ट १० तारिख शुक्रबार प्रर्दशनमा आउने भएको छ । २५ कतारी रियाल शुल्क रहेको सो मा स्वयम केकी र रीमासँगै बसेर चलचित्र हेर्ने ब्यबस्था मिलाईएको घिमिरेले बताएका छन ।

विदेशमा रहेका नेपालीहरुलाई आफ्नोपनको आभाष दिलाउन र नेपाली चलचित्रलाई मायाँ र प्रबद्र्धन गरौँ भन्ने मुल नाराका साथ उक्त सो हुन लागेको घिमिरेले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *