गायक कमल के क्षेत्रीले सार्वजनिक गरे गीत ‘डबल माया’ (भिडियो सहित)

news-details

बिगत लामो समयदेखि गीत संगीत क्षेत्रमा आवद्ध रहेर आफुलाई एक सफल गायकको रूपमा चिनाउन सफल गायक हुन गायक कमल के क्षेत्री । सानै उमेरदेखि गीत संगीतमा रुचि राखेका गायक कमलले अहिलेसम्ममा आफ्ना शुभचिन्तकहरुलाई निकै राम्रा,मन छुनेदेखि लिएर नाच्नसम्म बाध्य बनाउने खालको धेरै हिट गीतहरु दिईसकेका छ्न ।

उनले आफ्नो साङ्गितिक जिवनको यात्रा २०५९ सालदेखि सुरुवात गरेका हुन र उनले आफ्नो यस यात्रामा पहिलो गीत ‘जलाई दिए हुन्छ’ गाए तर उनले त्यस गीतबाट सोचेको जस्तो सफलता हासिल गर्न सकेनन अनि पुन मेहनतका साथ उनले २०६४र६५ सालमा ‘नाचन’ बोलको गीत लिएर दर्शकमाझ आए । आफ्नो लगन र मेहनतको फलस्वरूप उनको यस गीतले भने दर्शक श्रोताको मन जित्यो र संगीत क्षेत्रमा उनले आफुलाई एक चर्चित अनि हिट गीतका गायकको रूपमा पनि चिनाए ।

यहि यात्रासंगै उनले लोकप्रियता कमाए र आफ्नो एकल शब्द, संगीत अनि गायनमा ‘आई लब यु’ एल्बम दर्शकमाझ सार्वजनिक गरे । यसले उनको चर्चा र लोकप्रियता थप बढायो । उनले आफ्ना एलबममा बाहेक अन्य दर्जनौं गीतहरु पनि गाएका छन । उनको हिट गीतमा ‘नाचन’, ‘आई लव यु’, ‘तिम्रै माया’, ‘मेरो माया’, ‘पिपल पाते’ लगायत गीतहरु निकै हिट छ्न ।

यहि सफल संगीत यात्रामा आफुलाई लोकप्रिय,चर्चित, सफल गायकको रूपमा चिनाई सकेका गायकले पुन आफ्नो शुभचिन्तकहरुको लागि नया गीत लिएर आएका छ्न । सफल हिट गीतहरुलाई जस्तै दर्शकको माया पाउने आश र बिश्वासले उनले यस गीत सार्वजनिक गरेका हुन ।

सार्वजनिक यस ‘ड्बल मायाँ’ बोलको गीतमा शब्द तथा संगीत भने बिकास पाण्डेको रहेको छ र गीतलाई एरेन्ज बाबु प्रधानले गरेका छन ।

बिगतका हिट गीतहरुको जस्तै निकै आकर्षण तरिकाले तयार गरिएको यस गीतको म्युजिक भिडियोलाई गायक कमल के क्षेत्रीले प्रस्तुत गरेका छन्, भने भिडियोलाई चर्चित क्यामेरामेन अनिल के मानन्धरले खिचेका छन ।

पुरै डान्सिङ विटमा रहेको यस गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र एलिशा शर्माले निकै आकर्षक अभिनय गरेका छ्न । गीतमा सुनिल क्षेत्रीकै कोरियोग्राफ रहेको छ भने शिलन लम्सालले सम्पादन गरेका छ्न ।

https://youtu.be/701vWU3eYZA

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *