सार्वजनिक भयो ‘चौका दाउ’को पहिलो लुक्स

news-details

चलचित्र ‘चौका दाउ’को पहिलो पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका कलाकारहरू विल्सन विक्रम राई, रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह फिचर छन् । उनीहरू एक गाडीको अर्धनग्न अवस्थामा रहेको पोस्टरमा देखाइएको छ ।

चलचित्रमा यी कलाकारको साथमा अजस्र ढुंगाना, वर्षा राउत, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र ‘चौका दाउ’लाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । चलचित्रमा शम्भुजित बास्कोटाको कथा र सङ्गीत रहेको छ । चलचित्रमा दीर्घ गुरुङको छायाङ्कन रहेको छ भने यो चलचित्रलाई मनोज राजभण्डारी र सौर्यजीत बास्कोटाले निर्माण गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *