रक्तदानसहित हङकङमा नेपाली नयाँ वर्ष २०८३ भव्य रूपमा मनाइयो
- जेष्ठ ३, २०८३
- 0
हङकङ । “रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने सन्देशसहित हङकङमा नेपाली नयाँ वर्ष २०८३ विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् हङकङको युवा फोरम तथा एचकेआरसीबीटीएस हङकङको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा करिब ४० जनाले रक्तदान गरेका छन्।
कार्यक्रममा हङकङस्थित नेपाली समुदायको उत्साहजनक सहभागिता देखिएको थियो। सामाजिक उत्तरदायित्व र मानव सेवाको भावनालाई केन्द्रमा राखेर आयोजना गरिएको रक्तदान कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
एनआरएनए एनसिसी हङकङकी अध्यक्ष अनु राईले मानव जीवन बचाउने कार्यभन्दा ठूलो सेवा अरू कुनै नभएको उल्लेख गर्दै युवाहरूलाई यस्ता सामाजिक अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरिन् ।
उनले भनिन्, “रक्तदान जीवनदान हो। नेपाली समुदाय एकताबद्ध भई समाजसेवामा अघि बढिरहेको देख्दा अत्यन्त खुशी लागेको छ।”

यसैगरी, एनआरएनए आईसीसी महिला उपाध्यक्ष टिका गुरुङले विदेशमा रहेर पनि नेपाली समुदायले सामाजिक सेवामा देखाएको सक्रियता प्रशंसनीय रहेको बताइन्। उनले भनिन्, “यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीच सहकार्य, एकता र मानवताको भावना अझ मजबुत बनाउँछन्।”
कार्यक्रममा डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङ, हङकङ नेपाली महासंघकी पूर्वअध्यक्ष रिता गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ।
गैरआवासीय नेपाली संघ हङकङले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
0 प्रतिक्रिया
आँखा दान पुण्य काम भएको भन्दै डा. सन्दुक रुइतले गरे संखुवासभाका भिमबहादुर न्यौपानेको प्रशंसा

संखुवासभा खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ निवासी दिवंगत भिमबहादुर न्यौपानेको आँखाको नानी दान गरीएको छ । उनले मरणोपरान्त दुईवर्टै आँखाको नानीदान गर्ने […]
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली […]
मध्यराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीस राणा ११ घन्टापछि रिहा

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले […]
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण ७ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन […]
मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र […]










