नेपाल व्यावसायी संघ कतारले गर्यो राजदूत ढकालको विदाई
- असार २७, २०८१
- 0

नेपाली व्यवसायी संघ कतारले कतारका लागि नेपाली राजदूत डा. नरेश बिक्रम ढकाललाई विदाई गरेको छ ।
आफ्नो कार्यकाल सकेर नेपाल फिर्ता हुन लागेका राजदुत ढकाललाई संघले बुधबार एक कार्यक्रमको आयोजना गरी विदाई तथा सम्मान गरेको संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईले जानकारी दिएका छन । राजदूत ढकाल नेपाल व्यावसायी संघ कतारका प्रमुख संरक्षक समेत हुन ।
विदाई तथा सम्मान समारोहमा बोल्दै संघका अध्यक्ष चम्लागाईले राजदूत ढकालले आफ्नो कार्यकालमा संघ तथा कतारमा रहेका नेपालीका लागि धेरै सहयोगका काम गरेको स्मरण गरे । उनले भने ‘महामहिमज्यूले कतारमा रहेका नेपालीको संरक्षण, दुई देशबीचको सम्वन्ध विस्तारका साथै कतारी राजालाई नेपाल भ्रमण गराएर आफ्नो कार्यकाल सफल बनाउनुभएको छ, कतारमा रहेका सम्पूर्ण नेपाली व्यवसायीको तर्फबाट उहाँलाई हार्दिक बधाईसहित उच्च सम्मान प्रकट गर्दछौ ।’
0 प्रतिक्रिया
सभामुखले बोलाएको बैठकमा जुटेन सहमति, विपक्षीको अडान कायमै

सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतक र सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । संसद सुरू हुनुअघि संसदको […]
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको सुुझाव प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न […]
संसदको अवरोध खुलाउन सभामुख र सचेतकहरूबीच छलफल

सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । आज प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुखले […]
‘विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु’

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् […]
केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन, नेपाल–केन्या सम्बन्ध बढाउने प्रतिबद्धता

केन्याका महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्य दूत चन्द्र टण्डनको उपस्थितिमा गत सोमबार राष्ट्रपति […]