‘फिने’ले खतिवडाको अध्यक्षतामा गठन गर्‍यो बाग्मती प्रदेश कमिटि

३ बर्षमा ९ देशमा सन्जाल विस्तार, नेपालको सातै प्रदेशमा कमिटि गठन गरिने
news-details

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले कृष्ण खतिवडाको अध्यक्षतामा बाग्मती प्रदेश कमिटि गठन गरेको छ ।

उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहको सभापतित्वमा भएको कार्यक्रममा बाग्मती प्रदेश कमिटिको कार्यसमिति निर्विरोधले चयन भएको हो ।

कार्यसमितिमा अध्यक्ष खतिवडासहित बरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अंकित राज पाण्डे, कोषाध्यक्षमा धनबिर श्रेष्ठ, सहकोषाध्यक्षमा देविश्री पन्त तथा कार्यसमिति सदस्यहरुमा स्वेता सुवेदी, प्रमोश अधिकारी, किशोर गर्तौला, राज हुमागाई र सुदिप थापा चयन भएका छन ।

कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विदेशमा भएका नेपाली उद्यमीहरुले नेपालसँग जोडन गरेको यो प्रयास सरहानिय रहेको भन्दै धन्यवाद दिए । उनले युवा उद्यमीहरुको यो प्रयासलाई सरकारकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

फिनेका अध्यक्ष शाहले विश्वका अन्य मुलुकसँगै नेपालका सातै प्रदेशमा फिनेको कार्यसमिति विस्तार गर्ने उद्देश्य अनुसार बाग्मती प्रदेश कमिटि गठन गरिएको बताए ।

यस्तै फिनेका उपाध्यक्ष तथा एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले स्थापनाको छोटो समयमै फिनेले ९ वटा देशमा आफ्नो संजाल विस्तार गरिसकेको जानकारी दिदै विदेशमा रहेका युवा उद्यमी र नेपालका युवा उद्यमीबीच पुलको काम गरिरहेको बताए । उनले युवा उद्यमीहरुलाई फिनेले सक्दो सहयोग र सहकार्य गर्ने बताए ।

उद्यमी राजेन्द्र खेतानले फिनेले नेपालका युवा उद्यमीहरुलाई प्रोत्साहन गरिरहेको बताउदै युवा उद्यशिलता विकासका लागि ‘क्राउड फण्ड’ संकलनका लागि फिनेलाई सहकार्यका लागि आग्रह गरे ।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले नेपाली उत्पादनलाई विदेशमा ब्राण्डिङ गर्ने उद्येश्यसहित प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र देश विदेशमा रहेका युवा उद्यमीलाई जोडने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार विदेशमा मात्र संजाल रहेको फिनेले बाग्मती प्रदेशमा आफ्नो संजाल विस्तार गरेर नेपालमा रहेका युवा उद्यमीहरुलाई जोडने पहिलो खुडकिलो तयार गरेको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया