कतारमा रहेका नेपालीले लिए ‘खुशी कला र स्वस्थ जीवनशैली’ सम्बन्धी प्रशिक्षण

news-details

संखुवासभा समाज कतारले कतारमा रहेका नेपालीहरुलाई ‘खुशी कला र स्वस्थ जीवनशैली’ सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । योग एवम् आहार विशेषज्ञ तथा बरिष्ठ उत्प्रेरक डा. राजु अधिकारीले प्रशिक्षण दिएका हुन् ।

सनैयाको प्लाजा मलमा रहेको लाली गुराँस रेस्टुरेन्टमा गत शुक्रवार सम्पन्न प्रशिक्षणका लागि डा. राजु अधिकारी दोहा पुगेका थिए ।

‘संखुवासभालीको पहिचान, विश्व सामु चिनाउने हाम्रो अभियान’ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै विभिन्न सामाजिक कार्य गर्दै आएको सामाजिक सेवाको निम्ति स्थापना भएको संखुवासभा समाज, कतारले फरक प्रकारको कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाली दुतावासका प्रथम सचिव कृष्णकुमार सुबेदीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपालबाट आमन्त्रित योगबिज्ञ डा.अधिकारी प्रमुख आकर्षक तथा विशिष्ट अतिथिको रूपमा रहेका थिए ।

गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टलगायत दोहामा स्थापित पचास भन्दा बढी संग संस्थाबाट संस्थाका प्रमुख तथा प्रतिनिधिहरु विशेष अतिथ्यता रहेको कतारबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

संखुवासभा समाज कतारले आफ्नो परोपकारी कोषको श्रीवृद्धिको सहयोगार्थ कार्यक्रम गरेको समाजका महासचिव पदमप्रसाद सिंखडाले जानकारी दिए ।

योग एवम् आहार विशेषज्ञ तथा बरिष्ठ उत्प्रेरक डा. राजु अधिकारीको सहजीकरणमा तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार, आनन्दमय जीवन पद्धतिका प्रमुख आधारमा रहेर बिशेष प्रशिक्षण कार्यक्रम गर्ने पाउदा धेरै खुसी मिलेको अध्यक्ष राजेन्द्र खनालले बताए ।

अहिलेको अवस्थामा खानपानले गर्दा नै विभिन्न दीर्घ रोगबाट पीडित भइ अकालमा ज्यानै गुमाउनु पर्ने अबस्था सिर्जना भएको हुँदा खानपान र योग आवश्यक रहेको प्रशिक्षक डा. अधिकारीले जानकारी दिए ।

करिब तीन घण्टासम्म चलेको कार्यक्रममा जीवन उपयोगी धेरै टिप्स मिल्दा कतारमा रहेका नेपालीहरुले खुशी व्यक्त गरे ।

फरक प्रकारको कार्यक्रममा सहभागी भएकोमा प्रमुख अतिथि रहेका नेपाली नियोग कतारका प्रथम सचिव सुबेदीले संखुवासभा समाज कतारलाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । उनले कतारमा रहेका अन्य सस्थाले पनि यस्तै प्रकारका जनचेतनामूलक कार्यक्रम गर्नेमा पनि अपेक्षा गरे ।

प्रशिक्षण कार्यक्रममा शारीरिक र मानसिक स्वास्थ्यमा प्रत्यक्ष लाभ लिनको लागि अपनाउनु पर्ने जीवनशैली र ग्रहण गर्ने आहार (भोजन) का बारेमा जानकारी गराइएको थियो । साथै जीवन उपयोगी ज्ञान प्राप्त भएको र आफुले प्राप्त गरेको ज्ञान आफ्नो साथीहरूलाई पनि सेयर गर्न समाजका अध्यक्ष राजेन्द्र खनालले अनुरोध गरेका छन् ।

कार्यक्रममा समाजका उपाध्यक्ष बिरेन मादेनले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव पदम प्र सिम्खडाले गरेका थिए । कार्यक्रममा सहभागीलाई सहभागिता प्रमाणपत्र पनि बितरण गरिएको थियोे ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *