संखुवासभा समाज कतारले ‘खुशी कला र स्वस्थ जीवनशैली’ प्रशिक्षण कार्यक्रम गर्दै

news-details

संखुवासभा समाज कतारले ‘खुशी कला र स्वस्थ जीवनशैली’ प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । योग एवम् आहार विशेषज्ञ तथा बरिष्ठ उत्प्रेरक डा. राजु अधिकारीको सहजीकरणमा उक्त प्रशिक्षण कार्यक्रम हुने भएको हो ।

सनैयाको प्लाजा मलमा रहेको लाली गुराँस रेस्टुरेन्टमा आगामी शुक्रवार अपरान्ह १२ बजेदेखि (१७, मे) हुने प्रशिक्षणका लागि डा. राजु अधिकारी दोहा ओर्लिसकेका छन् ।

कतारमा कार्यरत नेपालीहरुका लागि खुशी कला र स्वस्थ जीवनशैली,तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार–आनन्दमय जीवन पद्धतिका विषयमा प्रशिक्षण कार्यक्रम गरिने संखुवासभा समाज कतारले जनाएको छ ।

संखुवासभा समाज कतारले मानवीय र परोपकारी कोषको श्रीवृद्धिको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको जानकारी समाजका अध्यक्ष राजेन्द्र खनालले दिएका छन् ।

‘संखुवासभालीको पहिचान बिश्व सामु चिनाउने हाम्रो अभियान’ भन्ने मुलमन्त्रलाई लिएको समाज कतारमा सक्रिय छ । कतारमा व्यस्त जीवन बिताइरहेका साथीहरुका लागि केही सिकाउन र केही राहत दिलाउनका लागि कार्यक्रम आयोजना गरिएकाले कतारमा रहेका नेपालीहरुका लागि उपस्थितिका लागि समाजका महासचिव पदमप्रसाद सिम्खडाले अनुरोध गरेका छन् ।

उक्त प्रशिक्षण कार्यक्रमबाट शारीरिक र मानसिक स्वास्थ्यमा प्रत्यक्ष लाभ लिनको लागि अपनाउनु पर्ने जीवनशैली र ग्रहण गर्ने आहार (भोजन) का बारे जीवन उपयोगी ज्ञान प्राप्त हुने आयोजकको दावी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *