मलेसियाको पर्यटन मेलामा ‘नेपाल’प्रति धेरैको आकर्षण

news-details

मलेसियाको राजधानी क्वालालम्पुरमा भएको ‘मलेसिया एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेण्ट’ माट्टा पर्यटन मेलामा नेपालले सहभागिता जनाए पछि धेरैको आकर्षण नेपाल बन्न सफल भयो ।

मार्च १५ देखि १७ सम्म भएको माट्टा पर्यटन मेलाको नयाँ संस्करणमा नेपाल पर्यटन बोर्डसहित ८ वटा निजि क्षेत्रका पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।

नेपाल भ्रमण वर्षको सन्देश लाइफटाइम एक्सपेरियन्सेसको भावमा नेपाली स्टल सजाइएको थियो । नेपाली स्टल परम्परा र आधुनिकताको समिश्रणको रुपमा निर्माण गरिएको हुँदा मेला कै आकर्षणको रुपमा रहेको थियो र आगन्तुकले भरिभराउ देखिन्थ्यो ।

स्टलमा आउने आगन्तुकले आउँदो सत्रमा नेपाल भ्रमण गर्दा हेर्न छुटाउन नहुने ठाउँहरु, विशिष्टताका क्षेत्रहरु साथसाथै पदयात्रा क्षेत्र, भिसा, पहुँच, हलाल खानाको उपलब्धता विषयमा जानकारी लिएका थिए ।

निजी क्षेत्रका सहभागीहरूले सिधै ग्राहकमा पुग्ने यस्तो मेला प्रभावकारी रहेको जनाएका छन् । काठमाण्डौ र क्वालालम्पुरबीच नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, मलेसिया एयरलाइन्स, र मालिन्दो एयरले उडान भरिरहेका छन् ।

विगत ९ महिनादेखि नेपालले मलेसिया कामदार पठाउन रोकेपछि नेपाल र मलेसियाबीचको सम्बन्धमा केही खटपट शुरु भएको बताइन्छ । यद्यपी भर्खरै राजदूत उदयराज पाण्डेले मलेसियामा कार्यभार सम्हालेपछि भने सम्बन्ध सुधारको अपेक्षा राखिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *