क्यान्सर पीडित खत्रीलाई संखुवासभा समाज कतारको सहयोग

news-details

संखुवासभा चैनपुर ३ का २४ बर्षिय प्रज्वल खत्री क्यान्सर पीडित बनेपछि उनको थप उपचारका लागि कतारमा कार्यरत संखुवासभालीले सहयोग गरेका छन् । संखुवासभा समाज कतारले पठाएको ३० हजार ४ सय ५० रुपैया आइतबार संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज) मार्फत हस्तान्तरण गरिएको छ ।

संखुवासभा समाज कतारको निर्णय अनुसार छोटो समयमा आर्थिक संकलन गरेर पठाइएको प्रज्वल खत्री सहयोग अभियानका संयोजक खेम भट्टराईले जानकारी दिए ।

दुई वर्षदेखि उपचार गराइरहेका खत्रीले थप उपचारका लागि खर्च जुटाउन समस्या भएको भन्दै सहयोगको लागि अपील गरेका थिए ।
कतारबाट पठाएको रकम एसकाजका अध्यक्ष हेमन्त गौतम र महासचिव उद्वव भट्टराईले विरामी खत्रीलाई हस्तान्तरण गरेका हुन् । विरामीका साथमा आफन्त गोकुल खत्री समेत उपस्थित थिए ।

बैदेशिक रोजगारीका क्रममा कतारमा रहँदा नै दाहिने खुट्टा अत्याधिक दुखेपछि त्यही हमाद इन्टरनेशनल हस्पिटलमा जाँच गराउदा क्यान्सर रोग भन्ने पत्ता लागेपछि नेपाल फर्किएर चिकित्सकको सल्लाह अनुसार उपचार गराइरहेका छन् ।

पटक पटकको किमो र अपरेशनपछि पनि खुट्टा निको नभएपछि चिकित्सकको परामर्श अनुसार खत्रीको दाहिने खुट्टाको तिघ्रादेखि नै काटेर फ्याकिएको छ । उनले भने–‘सहयोगी मनप्रति धेरै धन्यवाद तर थप उपचार गर्न साथै कृतिम खुट्टा लगाउन आर्थिक समस्या परेकोले अझै सहयोगका लागि अपील गर्दछु ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *