आशा अपाङग केन्द्रलाई प्रवासी नेपालीको ४० लाख सहयोग

news-details

अपाङताको क्षेत्रमा काम गर्दै आएको गुल्मीको आशा अपाङग केन्द्रलाई प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

बिभिन्न चरणमा गरेर गुल्मी जिल्ला समाज यूके र नौमती बाजा समूह यूकेले करिब ४० लाख आर्थिक सहयोग गरेको आशा अपाङ्ग केन्द्र गुल्मीका कोषाध्यक्ष ताराप्रसाद भुसालले बताए ।

पछिल्लो पटक एक कार्यक्रमका साथ आशालाई गुल्मी जिल्ला समाज यूकेले चार लाख रुपैयाँ सहयोग गरेको छ । आशाको कार्यालयमै कार्यक्रम गरी समाजका प्रतिनिधिहरुले सहयोग हस्तान्तरण गरेका हुन् ।

गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामी, सल्लाहकार मोती भण्डारी, कोषाध्यक्ष तारानाथ भण्डारी, कार्यकारी सदस्य तारा भट्टराई, सदस्य बाबुराम भण्डारीले आशाका अध्यक्ष जनार्दन घिमिरेलाई प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको रोहबरमा चार लाख रुपैयाँको चेक हस्तातरण गरेका हुन् ।

अपाङगको क्षेत्रमा खर्चिने गरी लण्डनमा रहेका गुल्मेलीहरुबाट बिभिन्न कार्यक्रमहरु गरेर संकलित रकम आशालाई प्रदान गरिएको हो ।

सहयोग रकम हस्तातरण कार्यक्रममा बोल्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले विदेशमा रहेर सामाजिक क्षेत्रमा बिभिन्न खाले पीडाहरुमा परेका ब्यक्तिहरुको सहयोगार्थ भएको सहयोगले धेरै ठूलो मद्दत पु¥याएको बताए ।

उनले मान्छे कुनै पनि बेला अपांग बन्न सक्ने हुँदा प्रवासमा बसेर पनि जन्मभूमिप्रतिको दायित्वलाई महसुस गरेर गरेको सहयोग अत्यन्तै प्रशंसनीय काम रहेको बताए ।

समाजले असहाय अशक्तहरुलाई गरेको सहयोगले समाजका अरु ब्यक्तिहरुलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना बढाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

आर्थिक रकम हस्तातरण गर्दै गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामीले गुल्मी जिल्लामा आशा अपांग केन्द्रले अपाङगताको क्षेत्रमा गर्दै आएको योगदानले समाजले लामो समयदेखि निरन्तर सहयोग गर्दै आएको बताए ।

उनले जिल्लामा हुने कुनैपनि दैबिप्रकोप, असहाय अशक्तहरुलाई सहयोग गर्ने उद्देश्यले लण्डनमा रहेका गुल्मेलीहरुले सन २००७ मा संस्था स्थापना गरेर सहयोग गर्दै आएको बताए ।

लण्डनमा रहेका गुल्मीका नेपालीहरुले जिल्लामा कुनै पनि व्यक्तिलाई परेको दुःखकष्टलाई सानो सहयोगले मल्हम लगाउने उद्देश्यले सहयोग गर्दै आएको बताए ।

उनले गुल्मी जिल्लामा हालसम्म आशा अपाङ्ग केन्द्रसहित चारवटा एम्बुलेन्स सहयोग गरिसकेको बताए । समाजले तम्घास, धुर्कोट, फोक्सीङ्ग र खैरेनीमा एक्बुलेन्स सहयोग गरेर सञ्चालनमा ल्याएको छ ।

समाजकोतर्फबाट जिल्लामा आगलागी, भूकम्प, बाढीपहिरो, बिभिन्न रोगबाट ग्रसित असहाय असक्तहरुलाई पनि सहयोग गर्दै आएको समाजले जनाएको छ ।

रकम हस्तातरण कार्यक्रममा आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले गुल्मी जिल्ला यूके समाजले आशा अपाङ्ग केन्द्रलाई सन् २०११ देखि निरन्तर सहयोग गर्दै आएकोप्रति धन्यवाद दिएकी थिइन् ।

उनले समाजले आशा अपाङ्गता केन्द्रलाई गरेको निरन्तरको सहयोगले जिल्लामा ७ हजार बढी अपाङगता भएका व्यक्तिलाई बिभिन्न उपचार र सहयोग गर्न पाएको बताइन् । उनले अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र सोंचमा केहि परिवर्तन आएपनि अपाङ्गता मैत्री वातावरण भने अझै बन्न नसकेको बताइन् ।

गुल्मी जिल्लामा स्थापना भएको आशा अपांग केन्द्रले नीजि क्षेत्रको सहयोगमा राज्यले गर्नुपर्ने काम गरेकाले यस्तो सहयोग राज्यबाट हुनुपर्नेमा उपाध्यक्ष रायमाझीले जोड दिइन् ।

कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेका कार्यकारी सदस्य तारा भट्टराई र सदस्य बाबुराम भण्डारीले व्यक्तिगत तर्फबाट थप २५ हजार सहयोग गरेका थिए ।

आशाले जिल्लामा विगत १० वर्षअघिदेखि प्रत्यक्ष रुपमा अपाङगताको क्षेत्रमा काम गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *