जनउद्वार केन्द्र पेनाङ मलेसियाको पहलमा ४ नेपाली स्वदेश फिरे

अहिलेसम्म १ सय २० भन्दा बढीको उद्धार
news-details

जनउद्वार केन्द्र पेनाङ मलेसियाको पहलमा ४ नेपाली स्वदेश फर्किएका छन् । मलेशियाको अध्यागमन बिभागले विभिन्न समयमा पक्राउ गरि जेल सजाय भोग्न बाध्य भएका यी ४ जना नेपाली बुधबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन ।

मलेसियाको केडामा रहेको ब्लान्तिक डिटेनसन क्याम्प (घरफिर्ती केन्द्र)मा अलपत्र परेका ४ जना नेपाली कामदारलाई बुधबार उद्वार गरेर स्वदेश ल्याइपु¥याएको बताउँनुहुदै जनउद्वार केन्द्रका अध्यक्ष केशु थापाले यसरी स्वदेश फर्कन प्रतिक्षारत अन्य नेपालीहरुलाई पनि यसैगरी ल्याइने तयारी गरिरहेको बताउनुभयो ।

यसरी फर्किएका नेपालीहरु ३ महिनादेखि ११ महिनासम्म जेल सजाय भोगेर घरफिर्ती केन्द्रमा आइपुगेका थिए । ‘हामीलाई त यति छिट्टै घर फर्कन पाउँछौ भन्ने आशा नै थिएन तर जनउद्धार केन्द्रका केशु दाईको सहयोगमा आज देश फर्कदा यो सब सपना जस्तै लागिरहेको छ’ उद्धार पछि स्वदेश फर्किएका धनुषाका रञ्जित उमराले भने ।

यसरी स्वदेश फिर्ता हुनेहरुमा धनुषाका रञ्जित उमरा, जनकपुरका झन्झिर नदाब, बझाङका मानबहादुर बोहोरा र अर्का बझाङकै एक युवा रहेका छन् ।

अध्यक्ष थापाले संस्थाले अहिलेसम्म मलेसियाबाट १ सय २० भन्दा बढी नेपालीहरुलाई स्वदेश फर्काएको जानकारी दिदै भन्नुभयो–‘विभिन्न कारणले मलेसियाको जेलमा कष्टकर सजाय भोगी स्वदेश फर्कनका लागि पर्खाइमा रहेका नेपालीलाई स्वदेश फर्काउन पाउदा हामीलाई असाध्यै खुसी लागेको छ । यसैगरी सबैको साथ, सहयोग र सदभाव कायमै रहे भोलीका दिनमा हामी अझ सशक्त ढंगमा यसरी घरफिर्तिको पर्खाइमा रहेका नेपालीलाई सकुसल स्वदेश ल्याउन जुटिरहनेछौ ।’

मलेशियाका विभिन्न जेलमा सजाय पूरा गरि टिकट अभावमा स्वदेश फर्किन नसकेका धेरै नेपालीहरु अझै घरफिर्ति केन्द्रमा नै अलपत्र अबस्थामा रहेका छन् । यसरी अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई जनउद्वार केन्द्रले नेपाली राजदूतावास मलेसिया र केही फिर्तीकेन्द्रमा रहेका पीडितहरुकै आफन्तहरुको आर्थिक सहयोगमा स्वदेश फिर्ता गराउदै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *