युनाइटेड नेप्लिज एशोसीयसनको चौथो सम्‍मेलन न्यूयोर्कमा हुने

news-details

युनाइटेड नेप्लिज एशसियसन (युएनए) को सम्मेलन अमेरिकाको न्यूर्योकमा हुने भएको छ । २ दिन चल्ने सम्मेलन न्यूयोर्कको लगौडिया प्लाजा होटलमा २५ मेबाट सुरू हुनेछ ।

एशोसिएसनको चौथो बार्षिक सम्मेलनमा अन्तक्रिया कार्यक्रमका साथै खेलकुद, मनोरञ्जन, साहित्य लगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

सम्मेलनलाई एनआरएन अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष शेष घलेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा मिस नेपाल श्रृखला खतिवडा, डान्सर तेरिया मगरलगायतको सहभागीता रहने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न न्यूयोर्कमा क्रियाशिल सबै नेपाली संघसंस्थाहरुसँग सहकार्य गरिरहेको कार्यक्रम आयोजक मध्येका एक सोनाम लामाले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *