अमेरिकाको डिसीमा नेपालीको बिरोध कार्यक्रम, ५ हजार सहभागी हुने

news-details

अमेरिकाको वासिङ्टन डिसीमा टेम्पोररी प्रोटेक्टेड स्ट्याटसको माग राख्दै आगामी फेब्रुअरी १२ तारिखका दिन ५ हजार नेपालीले दबाब मुलक कार्यक्रम गर्ने भएका छन् ।

टेम्पोररी प्रोटेक्टेड स्ट्याटस टिपीएस र स्थायी बसोबास समाधानका लागि अमेरिकी सरकारलाई दबाव दिने हेतुले आयाजना गरिएको आयोजक संस्था नेशनल टिपीएस अलायन्सले जनाएको छ ।

टिपीएस अलायन्सको सदस्य संस्था “अधिकार” ले ९,००० (नौ हजार) नेपाली टिपीएस प्राप्तकर्ता हरुको प्रतिनिधित्व गर्दै नेपाल टिपीएस कोर कमिटिको नेतृत्वमा करिब १५० (एकसय पचास) नेपालीहरु सहभागी गराउने बताएको छ ।

उक्त महत्वपूर्ण कार्यक्रममा सबै नेपालीहरु सहभागी हुन सक्ने भन्दै न्यूयोर्क तथा वरपरका राज्यमा बस्नुहुने सबैलाई अधिकार नामक संस्थाले विशेष अनुरोध गरेको छ ।

टिपिएस प्राप्त नेपाली समुदायको हितमा आयोजना हुन लागेको यो अभियानबारे विस्तृत जानकारी लिन “अधिकार” को कार्यालयको फोन नं। ७१८ ९३७ १११७ मा फोन गर्न सकिने छ ।

“अधिकार” का अनुसार, डिसीको लागि बस न्यूयोर्कबाट बिहान गएर सोहीदिन बेलुका न्यूयोर्कमै फर्किने व्यवस्था पनि रहेको आयोजक संस्थाले जनाएको छ। “अधिकार” ले बस र खाना खाजाको निःशुल्क व्यवस्था गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *