तनहुँ सेवा समाज युएईको सामुन्द्रिक भोज सम्पन्न

news-details

रामकुमार परियार / सयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत तनहुँवासीलाई गोलबद्ध गरेर सामाजिक गतिविधि संचालन गर्दै आएको तनहुँ सेवा समाज युएईले सामुन्द्रिक भोज कार्यक्रम सम्पन्न गरेको छ ।

दुबईको क्रिकबाट शुरु भएको समुन्द्री भोजमा ३ सय ५० नेपालीहरुले समुन्द्रको किनारमा बसेर नेपाली परिकारको स्वाद लिएका थिए ।
सन २०१८ को सेप्टेम्बर २१ मा संस्था स्थापना भएपछिकै यो पहिलो समुन्द्री भोज थियो । भोजमा करिब २ सय जना तनहुँवासी सहभागी भएका थिए भने बाँकी युएईमा विभिन्न सामाजिक गतिविधि गर्दै आएका नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

भोजमा सहभागीहरुलाई संस्थाका अध्यक्ष कृष्ण पौडेलले धन्यवाद व्यक्त गर्दै स्वागत गरेका थिए । उक्त भोज युएईमा अहिलेसम्म आयोजना भएका सामुन्द्रिक भोज कार्यक्रमहरु मध्येकै सबैभन्दा भव्य भएको र ३१ जनालाई आजीवन सदस्यता प्रदान गरिएको समाजका प्रवक्ता गणेश बस्नेतले बताए ।

भोजमा संस्थाका संरक्षक दिपक खड्का, सल्लाहकारहरु भिमनारायण श्रेष्ठ, हिरालाल श्रेष्ठ, कृष्ण आचार्य, भेषराज ढकाल, अमर रानाभाट, टंक गुरुङ, असोक राम्जाली मगर, कृष्ण रायमाझी, कृष्ण पन्त, बसन्त रिमाल, बिष्णु थापा र कार्यसमितिका पदाधिकारीहरु साथै युएईका सामाजिक संघ संस्थाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *