ओमानमा कार्यरत घरेलु महिला कामदारले राजदूतावासमा पोखे आफ्ना पीडा

news-details

ओमानस्थित नेपाली दूतावासले यहाँस्थित महिला कामदारको समस्याबारे जानकारी लिएको छ ।

लामो समयदेखि ओमानमा रहेर घरेलु कामदारको रूपमा कार्यरत महिला र विभिन्न संघसंस्थाका प्रतिनिधिले नेपाल सरकारले श्रम स्वीकृतिमा प्रतिबन्ध लगाएपछिको समस्याबारे राजदूत शर्मिला पराजुलीलाई अवगत गराएका हुन् ।

सुरक्षित रुपमा बिदामा नेपाल फर्किए पनि ओमान आउन नपाउँदा उनीहरुको आयआर्जनमा समस्या भएको उनीहरुले जानकारी गराएका थिए ।

फेरि ओमान फर्किएर आउन नपाउने भएपछि बिदा सकिए पनि आफूहरु घर जान डराइरहेको उनीहरुको भनाइ थियो ।

‘समानताको ठूला कुरा गर्ने सरकारले हामी मेहनती इमानदार महिलालाई काम गरेर खान पनि प्रतिबन्ध लगाउनु निन्दनीय छ,’ एक महिलाले भनिन् । विदेशमा नोकरी गर्ने चाहना हुँदाहुँदै सरकारले श्रम स्वीकृति रोकेर बसेको उनले बताइन् ।

छोराछोरीको भविष्य सम्झेर आँसु झार्दै उनीहरुले आफ्ना पीडा, कम्पनीको कामको स्थितिबारे राजदूतलाई सुनाए ।

श्रम स्विकृति रोक्दा लाखौं घुस लिएर भारत वा अन्य बाटो गरेर विदेश पठाउने दलाल मौलाउँदै गएको अर्की महिलाले बताइन् ।

जवाफमा राजदूत पराजुलीले नेपाल सरकारसँग कुरा राखेर छिट्टै समस्याको निकास निकाल्ने आश्वासन दिइन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *