तमु साँस्कृतिक प्रतिष्ठानलाई हङकङबाट त्रिलोक गुरुङले प्रदान गरे २ लाख ५० हजार सहयोग

news-details

लमजुङ घर भई हाल हङकङ बस्दै आएका युवा समाजसेवी यामकुमार गुरुङ (त्रिलोक)ले तमु साँस्कृतिक प्रतिष्ठान नेपालको छात्रवृत्ति अक्षयकोषमा २ लाख ५० हजार रुपैंया प्रदान गरेका छन ।

पोखरामा भएको एक कार्यक्रममा उनले आफना बुबा र आमाको नामबाट सो छात्रवृत्ति प्रदान गर्ने गरि रकम प्रदान गरेका थिए । त्रिलोक एनआरएनए हङकङका पूर्व अध्यक्ष तथा एनआरएनएकै एसिया प्यासिफिक क्षेत्रको पूर्व संयोजक हुन । उनले शेष घले एनआरएनएको अध्यक्ष हुँदा केन्द्रिय समितिको सल्लाहकारमा रहेर पनि महत्वपूर्ण भूमिका निवार्ह गरेका थिए ।

अहिले तमू साँस्कृतिक प्रतिष्ठानको पहलमा नेपालका कास्की, लमजुङ, गोर्खा, रोल्पा, ताप्लेजुङ लगायतको ठाउँबाट ८१ जना गरिव तथा जेहेन्दार तमूहरुले अध्ययन गर्दे आएका छन । २०५८ सालमा स्थापना भएको सो संस्था नेपालका ग्रामिण भेगका शैक्षिक क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *