सन् २०१८ मा युएईमा १०३ नेपालीको मृत्यु
- पुस १७, २०७५
- 0
सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ ।
मृत्युहुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ । मृतकमध्ये तीन महिला र ४४ पुरुषको प्राकृतिक कारण, तीन महिला र ३० पुरुषको आत्महत्या तथा दुई महिला र २१ पुरुष कामदारको दुर्घटनामा परेर मृत्यु भएको हो ।
मृतकमध्ये सूर्य विक, अमृतबहादुर कार्की, सिर्जना बराल र अशोक भट्टराईको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ । उनीहरुको मृत्युका कारणबारे अध्ययन भइरहेकाले शव पठाउन ढिलाइ भएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ । –रासस
0 प्रतिक्रिया
तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज
नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । खारेज भएको सूचना शुक्रबार सार्वजनिक भएको छ । राष्ट्र […]
संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दै
संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तरगतका राज्य व्यवस्था तथा सुशासन समिति […]
रास्वपाको सचिवालय बैठक बस्दैँ
आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ । शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि सचिवालय बैठक […]
स्थानीय सरकारका कारण इटाभट्टा उद्योगीहरु समस्यामा छन् : नातिभाइ ह्योम्वा
सविता नयाँजू/ इटाभट्टा उद्योगीहरुले विगत झैं यसबर्ष पनि इटा पोल्ने तयारी थालेका छन् । वातावरण मन्त्रालयको आग्रहलाई स्वीकार गर्दै उद्योगीहरुले […]
रबि लामिछानेको बयान आज पनि हुदै
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि हुने भएको छ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछानेको […]