युएईमा नेपालीका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

एक सय भन्दा बढी नेपालीले स्वास्थ्य जाँच
news-details

युएईमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको आयोजना र अहलिया अस्पताल आबुधाबीको प्राबिधिक सहयोगमा गत शुक्रबार यूएईको आबुधाबीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

नेपाली तथा विदेशी चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिएको उक्त शिविरमा रक्तचाप, सुगर, इसिजी र रगत तथा अन्य जाँच गरिएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका प्रबक्ता मनु क्षेत्रीले बताए ।

सो शिबिरमा एक सय भन्दा बढी नेपालीले स्वास्थ्य जाँच गराएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *