‘अधुरै रहयो घर फर्कने सपना…’

युएईमा काभ्रेली चेली डोल्माको उपचारकै क्रममा निधन
news-details

करिब ६ वर्ष लामो वैदेशिक रोजगारीलाई बिट मारेर घर फर्कने तयारी गरिरहेकी नेपाली चेली डोल्मा तामाङको सयुक्त अरब इमिरेट्स (युएई)मा अकस्मात निधन भएको छ ।

वैदेशिक रोजगारको सिलसिलामा ६ वर्षअघि युएई पुगेकी काभ्रे कोशिपारी, चौरी देउराली गाउँपालिका वडा नं–३ दमरा घर भएकी तामाङको मस्तिष्कघातका कारण निधन भएको अस्पतालले जानकारी दिएको छ ।

युएईको ईफएस फ्यासिलिटिज सर्भिस म्यानेजमेन्टमा कार्यरत तामाङले घर फर्कन कम्पनीमा क्यान्सिल लेटर समेत बुझाइसकेकी थिइन् । घर फर्कने तयारीमा जुटेकी उनी एक्कासी वेहोश भएपछि २१ दिनअघि अबुधावीस्थित क्लीप लेण्ड क्लिनिक हस्पिटललमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको डिसेम्बर १७ तारिख साझ निधन भयो ।

मृतकका दाजु फुर्बा योञ्जनका अनुसार कम्पनीले मृतक डोल्माले कम्पनीकातर्फबाट पाउने सम्पूर्ण क्षतिपूर्ति उपलब्ध गराउने मौखिक खबर गर्दै मृतक तामाङको शव स्वदेश फर्काउन श्रीमानलाई बोलाएको छ । मृतक डोल्माको १४ बर्षको १ छोरा छन् ।

तामाङको शवलाई सम्पूर्ण प्रक्रिया पुरा गरी नेपाल लैजान र उनले कम्पनीबाट पाउने सेवासुविधाको पहलका लागि युएईमा रहेको नेपाली दुतावास पनि लागिरहेको काभ्रे सेवा समाज यूएईका प्रचारप्रसार विभाग प्रमुख तथा तामाङ समाज यूएईका प्रवक्ता सुनिल लामाले जानकारी दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *