तालिवानको आक्रमणमा परेर अफगानिस्तानमा एघार नेपाली घाइते

news-details

अफगानिस्तानको काबुलमा बुधबार भएको आक्रमणमा ११ जना नेपाली नागरिक घाइते भएका छन् ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले बुधबार भएको आक्रमणमा ११ नेपाली र पाँच बेलायती नागरिकसहित १६ जना घाइते भएको पुष्टि गरेको छ ।

उनीहरू कार्यरत रहेको बेलायती सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई यसबारेमा जानकारी गराएको जनाएको छ ।

बुधबार जीफोरएसको कार्यालय परिसरमा विद्रोही समुह तालिवानको आक्रमणमा परी चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *