नेपाली युवा क्षेत्रीलाई कोरियन सरकारले दियो मानार्थ कोरियन नागरिकता

news-details

नेपाल र कोरियाबीच संस्कृति आदान प्रदान एवं सामाजिक र आर्थिक क्षेत्रमा योगदान पुर्याए बापत कोरियाको सिओल महानगरपालिकाले समाजसेवी भजिन्द्र बहादुर क्षेत्रीलाई मानार्थ कोरियन नागरिकता प्रदान गरेको छ । कोरियामा बसोबास गर्ने बिदेशी नागरिकलाई हरेक बर्ष प्रदान गरिने उक्त सम्मानले नेपाल र कोरियाबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ । सिओलमा आयोजना गरिएको बिशेष समारोहमा क्षेत्री सहित २२ देशका नागरिकलाई सो मानार्थ नागरिकता प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै क्षेत्रीले यो सम्मान कोरियामा रहेका करिब ४० हजार नेपाली र नेपालको सम्मान भएको बताउनुभयो । सम्मानले अझै जिम्मेवारी थपेको र आगामी दिनमा यसको मर्म अनुसार कार्य गर्ने बताउँदै बिकसित मूलुक कोरियाको प्रबिधि र बिकासका उत्कृष्ट नमूना नेपालमा भित्राउने अभियानमा लागिपर्ने बताउनुभयो ।

नेपालको बाग्लुङ्ग जिल्लामा जन्म भई बुटवलमा बसोबास गर्दे आउनुभएका उहाँ बिगत १४ बर्षदेखि कोरियामा बसोबास गर्द आउनुभएको छ । क्षेत्री तेक्वान्दोका राष्ट्रिय खेलाडी,तेक्वान्दोको ५औं डन र प्रशिक्षक समेत हुुनुहुन्छ भने यहि क्षेत्रमा नेपाल र अन्तराष्ट्रिय स्तरमा विभिन्न पदकहरु समेत हासिल गरिसक्नुभएको छ ।

यस अघि २००९ मा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो खेलको क्षेत्रमा उच्च योगदान पुर्याए बापत सम्मान प्रदान गरिसक्नुभएको छ भने २०१२ मा क्युक्वेनका अध्यक्षबाट समेत उहाँले उच्च सम्मान पाईसक्नुभएको छ । उहाँले चौथो कोरिया ओपन च्याम्पियसिप २००८ मा द्धितिय स्थानसमेत हासिल गर्नुभएको थियो ।

यसका साथै बुटवल खेलकुद बिकास समिति, नेपाल कोरिया व्यापारिक एशोसिएसनलगायत दर्जनभन्दा बढि संघ–संस्थाबाट उहाँ सम्मानित भईसक्नुभएको छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य, नेपाली जनसम्पर्क समिति कोरियाका सल्लाहकार समेत रहनुभएका क्षेत्रीले कोरियामा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेका बिभिन्न संघ संस्थामा बिभिन्न पदमा रहेर उच्च योगदान पुर्याउँदै आउनुभएको छ ।

यस मानार्थ नागरिकताबाट पूर्व सम्मानित एनआरएन कोरियाका पूर्व अध्यक्ष राजु क्षेत्रीले कोरियन सरकारले प्रदान गर्ने यस्ता सम्मानले नेपाल र नेपालीको प्रतिष्ठालाई माथि उठाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरको बताउनुभयो ।

क्षेत्रीसहित यो मानार्थ नागरिकता पाउने नेपालीको संख्या ७ पुगेको छ । यस अघि के पि सिटौला, देन्जी शेर्पा, राजु क्षेत्री, जुनु गुरुङ्ग र हर्क बहादुर गुरुङ्ग (भिम गुरुङ्ग) र गम्भीरमान श्रेष्ठ ले मानार्थ नागरिकता प्राप्त गरिसक्नुभएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *