यूकेमा नेपाली प्रोडक्ट ‘बेलाको ब्राण्ड’, निरीक्षणमा पुगेका मेयर खानले दिए सफलताको शुभकामना

news-details

गत अगष्टबाट बेलायती बजारमा शुरु गरिएको नेपाली व्यवसायीहरुको ‘बेलाको ब्राण्ड’ निरीक्षण गर्न बेलायती मेयर पुगेका छन् । युकेको हेक्स्थोरपे डोनक्यास्ट शहरको चेरि ट्रि रोडको युनिट–४ मा रहेको ‘बेलाको ब्राण्ड’ को मुख्यालयमा आफ्नो कार्यालयको टिमसहित पुगेका डोनकास्टर सिटीका मेयर माजित खानले यसका संचालकहरुलाई भेटी सफलताको शुभकामना दिएका छन् ।

नेपाली व्यवसायी अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिर बासिदको ‘बेलाको ब्राण्ड’ खाडि मुलुक कतारमा निकै लोकप्रिय छ । कतारमा पाएको सफलतासँगै बेलायतमा पनि आफ्नो ब्राण्डको विस्तार गरेका वाशिद दाजुभाईसँगको भेटमा मेयर खानले आफ्नो मुलुकमा नेपाली व्यवसायीहरुले लगानी गरेकोमा खुसी व्यक्त गर्दै आवश्यक सहयोग गर्न आफु सधैव तत्पर रहेको बताएका थिए ।

युकेको बजारमा ‘बेलाको ब्राण्ड’का कतारमा प्रख्यात भैसकेका कुलर, फ्यान, हिटरका अलवा घरायशी सामाग्री, विद्युतीय सामाग्री तथा सोफा समेत उपलब्ध रहेको संचालक अब्दुल वाशिदले बताए । युकेको ब्रान्चमा उपलब्ध हुने बेलाको ब्राण्डका सामाग्रीहरु https://www.belaco.co.uk/ बाट जानकारी पाउन सकिन्छ ।

एनआरएन आइसीसीको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक समेत रहेका वासिदको बेलाको ब्राण्डले कतारमा ठूलो बजार हिस्सा लिन सफल छ । केहि समय अघि कतारमा सम्पन्न ‘प्रोजेक्ट कतार एक्जिविशन’मा हजारौ अन्तर्राष्ट्रिय ब्राण्डहरुका माझमा चर्चा कमाउन सफल ‘बेलाको ब्राण्ड’को स्टलमा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुको भीड नै लागेको थियो ।

‘हामीले बेलाको ब्राण्डका सामाग्रीमा गुणस्तरीयतालाई जोड दिएका छौ, सायद यसैले होला कतारको बजारमा यस ब्राण्डको हिस्सा दिनानुदिन बढदै गैरहेको छ’ अन्तराष्ट्रिय बजारमा यो ब्रान्डलाई फैलाउने लक्ष्यसहित युकेमा यसको विस्तार गरिएको बताउदै संचालक वाशिदले भने–‘युकेमा पनि सफल हुनेमा हामी विश्वस्त छौ यसलाई विस्तारै अन्य मुलुकमा पनि विस्तार गर्दै लैजाने छौ ।’

आफ्नै गाउ जनकपुरको बेलाको नामबाट बाशिद दाजुभाईले स्थापना गरेको ‘बेलाको ब्राण्ड’का सामाग्री कतारमा ‘अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनी’मार्फत उत्पादन तथा वितरण हुदै आएको छ भने युकेबाट ‘बेलाको युके लिमिटेड’मार्फत वितरण भैरहेको संचालक अब्दुल वाशिदले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *