सडक दुर्घटनामा परी यूएईमा नेपाली चेली मेघमायाँको निधन

news-details

सडक दुर्घटनामा परी यूएईमा नेपाली चेली मेघमायाँ तामाङको मृत्यु भएको छ । काभ्रे रोशी गाउपालीका–४ की तामाङको गत अक्टोबर १४ का दिन कारको ठक्करबाट मृत्यु भएको हो ।

तामाङ ६ महिना अघि मात्र यूएईको क्लिन्को क्लिनिङ कम्पनीमा रोजगारीको सिलसिलामा पुगेकी थिइन । यूएईको सारजास्थित नेशनल पेन्टको हाइवे रोडमा सडक पार गर्ने क्रममा कारले ठक्कर दिदा तामाङको घटनास्थलमै मृत्यु भएको थियो ।

तामाङको शवलाई अहिले दुवईको रसादिया अस्पतालमा राखिएको र सम्पूर्ण प्रक्रिया पुरा गरी यही अक्टोबर २४ तारिखमा नेपाल एयरलाइन्सबाट नेपाल पठाउने तयारी गरिएको काभ्रे सेवा समाज यूएईका प्रचारप्रसार विभाग प्रमुख तथा तामाङ समाज यूएईका प्रवक्ता सुनिल लामाले जानकारी दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया