कात्तिके देउराली समाज द कोरियाको विशेष अधिबेशन सम्पन्न, अध्यक्षमा दुलाल

news-details

दक्षिण कोरियामा कार्यरत काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालीका–६ (साविकको कात्तिके देउराली गाविस)वासीहरुको साझा संस्था कात्तिके देउराली समाज दक्षिण कोरियाले बिशेष अधिबेशन सम्पन्न गरेको छ ।

बिगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय समाजले दक्षिण कोरियाको ठुलो चाड ‘छुसक’को अवसर पारेर गत सेप्टेम्बर २३ मा आफ्नो विशेष अधिबेशन सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष र कोषाध्यक्ष कार्यावधी सकेर नेपाल फर्किएपछि किशोर गौतमको कार्यबाहक अध्यक्षतामा बसेको कात्तिके देउराली समाजको (सम्पूर्ण ४४ सदस्यीय) बैठकले संस्थालाई मझबुत बनाएर अगाडी बढाउनका लागि बिशेष अधिबेशनको माग भएको समिति सदस्य दिनेश गौतमले जानकारी दिए ।

विशेष अधिबेशनले राजेन्द्र दुलालको अध्यक्षतमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । यस्तै अधिबेशनबाट उपाध्यक्षमा बालकृष्ण बाँसकोटा, सचिबमा उमेश चौँलागाई र कोषाध्यक्षमा खडानन्द चौँलागाई तथा सदस्यहरुमा जगतमान लामा, दिनेश चौँलागाई, नारायण गौतम, रत्न दोङ लामा र प्रयास हुँमागाई चयन भएका छन ।

‘प्रबासी एकता आजको आवश्यकता : सामाजिक कार्यमा हाम्रो प्रतिबद्धता’ भन्ने मुल नारा बोकेको संस्थाले सामाजिक कार्यमा आफुलाई पूर्णरुपमा समाहित गरेको छ । समाजले गाउँमा अति महत्वपूर्ण रहेको एम्बुलेन्स सेवा संचालनदेखि लिएर विभिन्न कारण घाइते भएका तथा जटिल रोगले थलिएका पीडितहरुलाई आर्थिक सहयोग तथा देशका अन्य क्षेत्रमा पनि विभिन्न परोपकारी कार्यमा सहयोग प्रदान गर्दै आएको छ ।

‘संस्थाका सम्पूर्ण सदस्यहरुको उत्साहजनक परोपकारी भाबनाले हामीले आफ्नो जन्मभूमिका लागि सानो भएपनि सहयोग पु¥याउने जमर्को गरिरहेका छौ, भोलिका दिनमा हामी यस कार्यमा अझ अग्रसर र शसक्त ढंगमा लाग्ने छौ’ नवनियुक्त अध्यक्ष दुलालले भने ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *